साउन ५, गौरीगंज/ ईलाका प्रशासन कार्यलय गौरीगंजबाट नागरिकलाई  सेवा प्रवाह गर्न आफ्नै भवन बन्ने भएकाे छ। कार्यलय भवन निर्माणकालागि गौरीगंज -३ मा बिहिवार झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजाल र गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवति राजवंशीले संयुक्तरूपमा एक कार्यक्रमका बिच भवनको  शिलान्यास गरेका छन।भवन शिलान्यास पछि प्र.जि.अ. रिजालले कार्यलय भवन निर्माण सम्पन्न भएपछि प्रशासन कार्यलयबाट नागरिकलाई दिइने सेवामा सहजता आउने बताएका थिए।गौरीगंजमा ईलाका प्रशासन कार्यलयकाे भवन निर्माणका लागि स्थानीय मखना महत्ताे, बाबुराजा श्रेष्ठ, केशब अग्रवाल, महेश्वर कार्कीले २ कठ्ठा १० धुर जग्गा निशुल्क प्रदान गरेका थिए। २०७२ सालमा गौरीगंजमा ईलाका प्रशासन कार्यलय स्थापना भएपनि आफ्नो भवन नहुदा घर भाडामा लिई सेवा दिदै आएकाे थियाे।भवन निर्माणका लागि प्रबिण निर्माण सेवाले जिम्मा पाएकाे छ। निर्माण कम्पनीका अनुसार ३ तलाकाे भवन निर्माण हुने र प्रत्येक तलामा १२ काेठा रहने जनाएको छ। सभाहल सहित निर्माण हुने भवनमा सबै तलामा ट्वाइलेट बाथरुम रहने ईन्जिनियर भुपेन्द्र यादवले जानकारी गराए। सदन सहरी बिकाश तथा भवन निर्माण आयाेजना मार्फत ठेक्का लागेकाे भवन २०८० साल असार १६ गते भित्रमा निर्माण सम्पन्न गरिने सम्झौता भएकाे निर्माण कम्पनीका प्राे. प्रकाश के.शि.ले बताएका छन। शिलान्यास कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चाेमेन्द्र न्यौपाने,ईलाका प्रशासन कार्यलय दमकका प्रमुख सूर्यमान बानिया, गौरादह नगरपालिका उपप्रमुख जलवर्षा राजवंशी, गौरीगंज गाउँपालिका उपप्रमुख पुजन न्यौपाने कुवर लगायतले शुभकामना मन्तब्य राखेकाे कार्यक्रममा ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख चुडामणि आँपागाईले कार्यक्रम संचालन गरेका थिए।

झगेन्द्र खड्का