बैशाख २३, गौरीगञ्ज । गौरीगञ्जमा ठुला राजनीतिक दल हरुले निर्वाचन आचार संहिता उलँघन गर्न थालेका छन् । निर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचार सँहिता विपरीत का कृयाकलापहरु जताततै देखिन थालेको छ ।
निर्वाचन आचार सँहिता २०७९ ले ए-फोर साईजको पर्चा बाहेक सबै प्रकारका प्रचार सामग्री हरुमा बन्देज लगाएको छ तथापि गौरीगञ्जमा आचार सँहिता विपरीत सबै राजनैतिक दलहरु ले झण्डा, पोस्टर र तुल प्रयोग गरिरहेको पाईएको छ । गौरीगञ्जका सबै मुख्य चोक तथा बजारहरुमा सबै राजनैतिक दलहरु ले आचार सँहिता विपरीत का ठुला फ्लेक्स तुलहरु झुण्ड्याएका छन् भने हरेक टोल तथा बजारका पोल तथा सडकमा झकिझकाउ गरि झण्डा राखेका छन् ।
आचार सँहिता विपरीत गतिविधि हुन थालेपछि निर्वाचन अधिकृत को कार्यालय गौरीगञ्जले शनिबार सर्वदलीय बैठक बोलाएको छ ।