
गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका अन्तर्गतको खेलकुद बिकास समितिको आयोजनामा पालिका स्तरीय अन्तर बिद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्तियोगितामा गौरीगञ्ज गाउँपालिका भित्रका सामुदायिक तथा सँस्थागत बिद्यालयहरुको सहभागिता थियो ।
प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका छात्र छात्राहरुका लागि १ सय मिटर दौड र २ सय मिटर दौड तथा हिसाब दौड र फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । त्यसै गरि कक्षा ८ सम्मका बिद्यार्थीहरुका लागि १०० मिटर र २०० मिटर दौड हाइ जम्प लँग जम्प तथा क्रीकेट प्रतियोगिता आयोजना गरिएको थियो ।
कक्षा १ देखि ५ सम्मको १०० मिटर दौडमा छात्र तर्फ साधुकुटी बोर्डिङका कैफ आलम प्रथम जन कल्याण माबिका लक्की राजवँशी द्वितिय र स्नोह्वाइट बोर्डिङका रुपेश ताजपुरिया तृतिय भएका छन् भने छात्रा तर्फ एडभान्स एकेडेमीका कि जेसिका बस्नेत प्रथम द्द्यु युनिभर्सलकी दिपिका राजवँशी द्वितिय र स्नोह्वाइटकी सदिक्षा सुब्बा तृतिय भएकी छन् । २ सय मिटर दौडको छात्र तर्फ साधुकुटी बोर्डिङका कैफ आलम प्रथम जनकल्याण माबि का लक्की राजवँशी द्वितिय र खजुरगाछी माबिका महेन्द्र हास्दा तृतिय भएका छन् भने छात्रा तर्फ जीवनज्योती बोर्डीङकी तुलसा राजवँशी प्रथम चिल्हारा प्रबिकी रानी हेमरम द्वितिय र न्यु युनिभर्सल की दिपिका राजवँशी तृतिय भएकी छन् ।
कक्षा १ देखि ५ सम्मकै हिसाब दौड प्रतियोगितामा छात्र तर्फ क्रिमसन बोर्डिङका रबिन यादब प्रथम र दीयो बोर्डिङका हेमनारायण सुतियार द्वितिय भएका छन् भने छात्रा तर्फ डन भिलेज एकेडेमीकी रमा केबरत प्रथम सनसाइन बोर्डिङकी रिम्पा राजवँशी द्वितिय र खजुरगाछी माबिकी पार्वती हास्दा तृतिय भएकी छन् ।
कक्षा ८ सम्मको १ सय मिटर दौडमा छात्र तर्फ स्नोह्वाइटका रबिन साह प्रथम जनकल्उणका ओमप्रकाश राजवँशी द्वितिय र खजुरगाछी माबिका बिजय महतो तृतिय भएका छन् भने छात्रा तर्फ ज्ञानकुञ्जकी रिया साह प्रथम आदर्श माबिकी नुना न्यौपाने द्वितिय र जनकल्याणकी निनिमा राइ तृतिय भएकी छन् । २ सय मिटर दौड को छात्र तर्फ जनकल्याणका ओमप्रकाश राजवँशी प्रथम गौरीगञ्ज माबिका अर्जुन टुडु द्वितिय र युनिभर्सलका कहेश गिरी तृतिय भएका छन् भने छात्रा तर्फ ज्ञानोदयकी अर्पणा पोख्रेल प्रथम जनकल्याणकी निनिमा राइ द्वितिय र जनताका एलिना सोरेन तृतिय भएकी छन् ।
त्यसै गरि कक्षा ८ सम्मकै हाइ जम्पमा छात्र तर्फ जनताका रीदित ताजपुरिया प्रथम खजुरगाछी माबिका बिजय महतो द्वितिय र ज्ञानकुञ्जका मनिस साह तृतिय भएका छन् भने छात्रा तर्फ आदर्शकी जशोदा ठाकुर प्रथम बालकल्याणकी बिना राजवँशी द्वितिय र देवकोटाकी मीना महतो तृतिय भएकी छन् । लङ्ग जम्पमा छात्र तर्फ खजुरगाछी माबिका बिजय महतो प्रथम आदर्श माबिका पँकज राजवँशी द्वितिय र ज्ञानकुञ्जका अतित थापा तृतिय भएका छन् भने छात्रा तर्फ बालकल्याणकी बिना राजवँशी प्रथम खजुरगाछी माबिकी मनमाया शिबा द्वितिय र आदर्श माबिकी नुनु न्यौपाने तृतिय भएकी छन् ।
क्रिकेटमा युनिभर्सल एकेडेमी प्रथम र ज्ञानकुञ्ज एकेडेमी द्वितिय भएका छन् भने फुटबलमा पनि ० का बिरुद्भ १ गोलले इनट्युशन एकेडेमीलाइ हराउदै युनिभर्सल एकेडेमीले जीत हात पारेका छन् । फुटबलको निर्णायक गोल भने युनिभर्सलका जीत राजवँशीले गरेका थिए ।
बिहिबार एक कार्यक्रमको आयोजना गरि बिजेता खेलाडीहरुलाइ पुरस्कार बितरण गरिएको छ । शिक्षा समितीका सँयोजक तथा गापा उपाध्यक्ष दिपेन्द्र थापाको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथी गापा अध्यक्ष बाबुराजा श्रेष्ठ थिए । खेलकुद समितीका सँयोजक तथा श्रोत ब्यक्ती डिल्ली राम अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।
