• बैशाख २२, २०८१
  • Madan Rajbanshi
  • 0

बैशाख २२ बिर्तामोड । झापाको गौरीगञ्जबाट बिर्तामोडतर्फ वाइसिएलको कार्यक्रममा कार्यकर्ता बोकेर हिडेको को १ ख ३००९ नम्बरको बस अन्दाजी पौने २ बजे बिर्तामोड- २ स्थित चारपानेमा दुर्घटना भएको छ । बस बाटो दक्षिणपट्टि पल्टिएको हो । दुर्घटनामा परी २७ जना घाइते भएका छन् ।

दुर्घटनामा परेका घाइतेलाई उपचारका लागि बिर्ता सिटी हस्पिटल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडको सिटी सेन्टरमा आज भइरहेको माओवादी केन्द्र निकट वाइसिएलको छैटौँ जिल्ला अधिवेशनको लागि कार्यकर्ता बोकेर बस बिर्तामोड गएको हो ।‌

घाइतेहरूको विवरण :
१) जिल्ला झापा गौंरीगञ्ज गाउपालिका वडा नम्बर-४ बस्ने बर्ष २४ को चमारु मालिको दुबै हातमा चोट अवस्था सामान्य ।
२) ऐ,ऐ वडा नँ १ बस्ने बर्ष १९ को रवि कोच दुबै खुट्टामा चोट अवस्था सामान्य ।
३) ऐ,ऐ, बस्ने बर्ष २२ को अजय कोच बाया हातमा सामान्य चोट अवस्था सामान्य ।
४) ऐ,ऐ,२ बस्ने बर्ष २० को शंकर आस्था बाहिरी चोट नभएको सामान्य ।
५) ऐ,ऐ, बस्ने बर्ष २९ को प्रेमोद ताजपुरीया बाया हातमा चोट सामान्य ।
६) ऐ,ऐ,१ बस्ने बर्ष २२ को भरत राजवंशि बाहिरी चोट नभएको सामान्य ।
७) ऐ,ऐ,२ बस्ने बर्ष २६ को मोहित कुमार ताजपुरीया बाहिरी चोट नभएको सामान्य ।
८) ऐ,ऐ,बस्ने बर्ष४७ को शिब मुर्मु बाहिरी चोट नभएको सामान्य ।
९) ऐ,ऐ, बस्ने बर्ष २० को अशोक ताजपुरीया बाहिरी चोट नभएको सामान्य ।
१०) ऐ.ऐ. बस्ने बर्ष ३२ को गंगालाल राजवंशि टाउको दुखेको बाहिरी चोट नभएको सामान्य ।
११) ऐ.ऐ. बस्ने बर्ष ४० को सुर्य प्रसाद राजवंशी बाहिरी चोट नभएको सामान्य ।
१२) ऐ.ऐ.४ बस्ने बर्ष ४४ को रमेश्वर मालि बाहिरी चोट नभएको सामान्य ।
१३) ऐ.ऐ.बस्ने बर्ष १४ को झलनाथ राजवंशी बाहिरी चोट नभएको सामान्य ।
१४) ऐ.ऐ. बस्ने बर्ष १८ को नरेश प्रसाद राजवंशि बाहिरी चोट नभएको सामान्य ।
१५) ऐ.ऐ.बस्ने बर्ष ३० की मेनुका राजवंशी बाया हातमा चोट अवस्था सामान्य ।
१६) ऐ.ऐ. ५बस्ने बर्ष २५ की सुनिता राजवंशी बाहिरी चोट नभएको सामान्य ।
१७) ऐ.ऐ. बस्ने बर्ष ३५ की सहुना राजवंशि बाहिरी चोट नभएको सामान्य ।
१८) ऐ.ऐ.३ बस्ने बर्ष ५६ को राजेन्द्र राई बाहिरी चोट नभएको सामान्य ।
१९) ऐ.ऐ.२ बस्ने बर्ष १४ को राहुल ताजपुरीया बाहिरी चोट नभएको सामान्य ।
२०) ऐ.ऐ.१ बस्ने बर्ष २४ को निर्मल राजवंशी दुबै हात खुट्टामा सामान्य चोट ।
२१) ऐ.ऐ.बस्ने बर्ष २० को खगेन्द्र राजवंशि बाहिरी चोट नभएको सामान्य ।
२२) ऐ.ऐ.२ बस्ने बर्ष २२ को अजय कुमार ताजपुरीया बाया खुट्टामा सामान्य चोट ।
२३) ऐ.ऐ.२ बस्ने बर्ष ४० को मिनिराज राई बाया हातमा चोट सामान्य ।
२४) ऐ.ऐ.२ बस्ने बर्ष ५५ को हंसिनारायण राजवंशी दुबै खुट्टामा चोट सामान्य ।
२५) ऐ.ऐ.२ बस्ने बर्ष १९ को दिपक बास्के दाहिने हातमा चोट सामान्य ।
२६) ऐ.ऐ. बस्ने बर्ष ४४ को मोति नेपाल बाया हातमा सामान्य चोट
२७) ऐ.ऐ.बस्ने बर्ष ४४ को चक्र भुजेल बाहिरी चोट नभएको सामान्य ।

टाइम्स अफ प्रदेश बाट