असोज १६ गौरीगञ्ज । गौरीगञ्ज को सीमावर्ति क्षेत्रबाट प्रतिबन्धित ब्राउन सुगर सहित दुइ भारतिय नागरिक पक्राउ परेका छन् । गौरीगञ्ज २ दास चौरीबाट ८ ग्राम २ सय मिलि ग्राम ब्राउन सुगरसहित भारत किसनगंज सिंगीमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलम र २५ बर्षीय जहागिर आलम पक्राउ परेका छन् ।। उनीहरुलाइ दासचौरीमा खटिएको प्रहरी टोलीले गए राति दस बजे नियन्त्रणमा लिएको थियो । त्यसैगरी कचनकवलको बगान एरियाबाट ब्राउनसुगरसहित थप एक भारतीय पक्राउ परेका छन । कचनकवल १ बगान एरिया बाट पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाढिकी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आलमलाई प्लाष्टिकमा लुकाइ राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तिनै जना भारतिय नागरिकमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गौरीगञ्जबाट ब्राउन सुगर सहित दुइ भारतिय पक्राउ

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्