माघ २३, गौरीगञ्ज । प्रतिबन्धित ब्राउन सुगर सहित गौरीगञ्ज ३ पानीट्याङ्की नजिकबाट एक युवा पक्राऊ परेका छन् । गौरादह नगरपालिका वडा नँ २ का बर्ष २५ का मन्दिश अधिकारी ५ सय मिलि ग्राम ब्राउन सुगर सहित बिहिबार पक्राउ परेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । उनलाई थप अनुसन्धान लागि म्याद थप गरी हिरासतमा राखेको प्रहरीले जनाएको छ ।