मदन राजवंशी मनप्रीत ।
एक महिना यता गौरीगञ्जमा चोरीका घटना हरु बढ्दै गइरहेका छन् । चोरीको शृँखला नरोकिएपछि झापा उद्योग वाणिज्य संघ ले सुरक्षा निकाय तथा व्यापारी ब्यावशायी बिच सुरक्षा सँबन्धि आज असोज ५ गते सम्म गरेर चार पटक बैठक तथा छलफल चलाईसकेको छ । तर अचम्म के छ भने गौरीगञ्जमा यति धेरै चोरीका घटना हरु भइरहदा समेत यि सुरक्षा सँबन्धि कुनै पनि बैठकमा गौरीगञ्ज गाउँपालिका की अध्यक्ष फुलबत्ती राजवंशी र उपाध्यक्ष पुजन न्यौपाने कुँवर को उपस्थिति देखिएको छैन ।
अहिले सम्मको परम्परा हेर्दा दसै तिहार अगाडि हरेक बर्ष गौरीगञ्जको सुरक्षा सँबन्धि ब्यापारी, जनप्रतिनिधि, बिभिन्न सँघ सँस्था तथा सुरक्षा निकाय हरु बिच छलफल तथा अन्तरक्रिया हुने गरेको इतिहास छ । यस्ता हरेक बैठक हरुमा गाउँपालिका को अध्यक्ष र उपाध्यक्ष लगायत वडा अध्यक्ष हरुको अनिवार्य उपस्थित हुने गरेको थियो । तर यस वर्ष नब निर्वाचित अध्यक्ष उपाध्यक्ष हरु सुरक्षा सँबन्धि बैठकमा सहभागि भएको देखिएन । वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी र वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादव बाहेक कुनै जनप्रतिनिधि हरुले गौरीगञ्जको सुरक्षा व्यवस्था लाई लिएर गम्भिर भएको देखिएको छैन ।
स्थानीय सरकार नै सबैको अभिभावक हुने भएकाले गौरीगञ्जको हरेक गतिविधि स्थानीय सरकार प्रमुख कै सेरोफेरोमा जोडिन्छ । चोरी डकैति लुट पाट जस्ता घटना त स्थानीय सरकारको चासो र समन्वय बिना नियन्त्रण गर्न सँभव नै हुदैन । कहाँ कहाँ सडक बत्ती हाल्ने कहाँ कहाँ सीसी क्यामेरा जडान गर्ने आदि कुरामा स्थानीय सरकारको समन्वय र आर्थिक सहयोग बिना सँभव हुदैन त्यसैगरी ईलाका प्रहरी कार्यालय र सिमा सुरक्षा बल भन्दा स्थानीय सरकार मर्यादा को हिसाब ले माथि रहने भएकाले ईलाका प्रहरी र सिमा सुरक्षा बल लाई सुरक्षा ब्यावस्था कायम गर्न निति निर्देशन दिने निकाय स्थानीय सरकार नै हुने भएकाले सुरक्षा सँबन्धि बैठक तथा छलफल हरु स्थानीय सरकारको प्रमुख र उपप्रमुखको उपस्थिति बिना ति छलफल तथा बैठक हरु अधुरा नै रहन्छन् । अर्थात् स्थानीय सरकारको प्रमुख को उपस्थिति बिना ईलाका प्रहरी कार्यालय तथा उद्योग वाणिज्य संघ ले कुनै ठोस निर्णय नै गर्ने सक्दैन । सँभवत यहि कारणले होला – भदौ २० गते देखि आज सम्म सुरक्षा सँबन्धि चार पटक बैठक बसि सक्दा समेत प्रहरी तथा वाणिज्य संघ ले कुनै ठोस निर्णय गर्न सकेको छैन र चोरीका घटना हरु नियन्त्रण समेत गर्न सकेको छैन ।
चोरीको घटनामा बृद्धि हुन थालेपछि उद्योग वाणिज्य संघ ले पहिलो पटक भदौ २० गते वडा नँ ६ को सभाहलमा छलफल डाकेका थिए । त्यसपछि भदौ २३ गते शिवालय मन्दिर को सभाहलमा,असोज २ गते ईलाका प्रहरी कार्यालय मा र आज असोज ५ गते पनि ईलाका प्रहरी कार्यालय मा सुरक्षा अवस्था सँबन्धि बैठक बसेको थियो तर यि बैठक हरुमा जनप्रतिनिधि हरुको तर्फबाट वडाध्यक्ष हरु श्रवण गिरी र बद्री नारायण यादव बाहेक अन्य जनप्रतिनिधि हरुको उपस्थिति नै रहेन ।
मर्यादा क्रममा सुरक्षा निकाय हरु भन्दा स्थानीय सरकार माथि हुने भएकाले यस्ता सुरक्षा सँबन्धि बैठक तथा छलफल हरु स्थानीय सरकारले बोलाउनु पर्ने तर्क ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक जितेश दाहालको तर्क छ । तर गौरीगञ्जमा दिनहुँ जसो चोरीका घटना हरु भइरहदा समेत गाउँपालिका ले सुरक्षा सँबन्धि बैठक डाकेको देखिदैन ।
अघिल्ला वर्षहरुमा दसैँ तिहारमा हुने घटना दुर्घटना हरुलाई मध्यनजर गरि इलाका प्रहरी कार्यालय ले नै अध्यक्ष उपाध्यक्ष, ब्यापारी र बिभिन्न सँघ सँस्था हरुलाई बोलाएर चाँडवाडलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा छलफल चलाउने परम्परा रहेको छ । यस्ता छलफल हरुमा सबैको राय सुझाव सङ्कलन गरि कति बजे सम्म मदिरा पसल खोल्न दिने, कसरी ट्राफिक व्यवस्थापन गर्ने, दसैँ मा लाग्ने मेला हरुमा हुने भिडभाड को ब्यवस्थापन कसरी गर्ने आदि विषयमा निर्णय गरिन्थ्यो ।
गौरीगञ्जमा यति धेरै चोरीका घटना हरु बढ्दै गएको बेला समेत स्थानीय सरकार यस तर्फ किन उदासिन हुँदै गएको छ भन्ने बारे अध्यक्ष र उपाध्यक्ष सँग अन द रेकर्ड कुरा गर्न यो स्तम्भकार आज गाउँपालिका कार्यालय पुग्दा अध्यक्ष फुलवती राजवंशी जिल्ला निर्वाचन कार्यालय गएको र उपाध्यक्ष पुजन न्यौपाने कुँवर एक कार्यक्रममा सहभागी हुन ईटहरी गएको जानकारी कर्मचारी हरुले दिएका थिए ।
गौरीगञ्जमा चोरीको शृँखला :-
गौरीगञ्जमा चोरीको शृँखला साईकल र मोटरसाइकल चोरी बाट शुरु भयो । स्थानीय तहको चुनाब सकिए लगतै टँक थापा र डोल्ली राजवँशी सहित ३ जनाको मोटरसाइकल चोरी भएको थियो । त्यस लगत्तै प्रत्येक बुधबार र शनिबार हटिया को दिन एक दुइ वटा साईकल नियमित रूपमा चोरी हुन थाल्यो । साईकल चोरीका घटना बजारको दिन मात्र सिमित रहेन गौरीगञ्ज माबिको हाता भित्र बाट करिब आधा दर्जन बिद्यार्थी हरुको समेत साईकल चोरी भयो ।
साईकल का केहि चोरहरुलाई प्रहरीले पक्राऊ गर्ने सफल पनि भए तर। चोरीको शृँखला रोकिएन । गौरीगञ्ज चोकमै रहेको भोपाल मोवाइल पसल र बराल स्टोर बाट मोवाइल चोरी भए । त्यसपछि भदौ १७ गते गाउँपालिका कार्यालय अगाडि को भगनारायण हजामको किराना पसलमा चोरी भयो भने २२ गते पवन मेडिकल हलमा चोरी भयो । त्यस लगत्तै २६ गते खजुरगाछी स्थित साक्षी किराना पसल र जनता चोक स्थित जनता बालविकास प्राबिमा चोरी भयो भने असोज २ गते राति कञ्चिरा स्थित एउटै टोलका तिन घरमा चोरी भयो । यस अघि तेलकानी मा समेत एक घरमा चोरी भएको थियो ।