असार ४ झापा । गौरीगञ्ज गाउँपालिकाको वडा नँ ४ मा रहेको एक मात्र सार्वजनिक बन अतिक्रमणको चपेटामा परेको छ । सार्वजनिक बनमा निजि स्वार्थका लागि केहि ब्यक्तीहरुले सडक मात्र खनाएका छैनन् जँगलको बिचमा पोखरी समेत खनाएका छन् ।

सार्वजनिक बनको बिचमा बनाइएको निजि पोखरी

गौरीगञ्ज गाउँपालिकाकै सार्वजनिक सम्पतीको रुपमा रहेको एक मात्र बनमा केहि ब्यक्तीहरुले निजि सडक तथा पोखरी खनाउदा समेत सिँगो गौरीगञ्ज गाउँपालिका यस बारे बेखवर रहेका छन् । बन क्षेत्र अतिक्रमण हुने गरि सार्वजनिक बनको बिच बाटै ऐलानी जग्गामा करिब २० फीट फराकिलो सडक खनाइएको छ भने बनको बिचमा दुइवटा पोखरी खनाएएको छ । तर अचम्म कुरो के छ भने यस बारे गौरीगञ्ज गाउँपालिकाका नब निर्वाचित जनप्रतिनिधिहरु कुनै चासो नै देखाएका छैनन् ।

बनको बिचमा बनाइएको निजि सडक

वडा नँ ४ को बेलडाँगी गाउँ पश्चिम रहेको जँगलको खालि ऐलानी जग्गाको करिव २ बिघा क्षेत्रफलको जग्गा २०२९ साल देखि नै तत्कालिन गौरीगञ्ज गाउँ पञ्चायतको अनुमती लिइ तत्कालिन वडा नँ २ हाल वडा नँ ४ लतिझुला बस्ने टुल्का ताजपुरियाले जोत भोग गर्दै आइरहेकोमा उनको निधन पश्चात उनका छोरा डाली ताजपुरियाले सो जग्गा भोग चलन गर्दै आइरहेका छन् । उनि सँग ३२ सालदेखि नै सो जग्गाको कर तिरि रहेको प्रमाणहरु सुरक्षित छ भने २०५३ सालमा तत्कालिन गौरीगञ्ज गाबिसका अध्यक्ष घनश्याम रिजालले टुल्का ताजपुरियाका छोरा डाली ताजपुरियाको नाममा सो जग्गाको साबिकको किता नँ ६४७ को हालको किता नँ ८३५ को १ बिघा १० कट्ठा क्षेत्रफलको जग्गा जोत भोग गरेको ऐलानी सिफारिस गरेको प्रमाण समेत सुरक्षित छ । तर बर्षौ देखि आफुले जोतभोग गर्दै आइरहेको सार्वजनिक बनको सो जग्गामा केहि दिन अघि केहि ब्यक्तीहरुले बाटो खनेर पोखरी समेत खनाएको कुरा डाली ताजपुरियाले बताएका छन् । मोरँग बस्ने लिम्बु थरका ब्यक्तीले आफ्नो अनुमती बिना आफुले बर्षौ देखि जोतभोग गर्दै आएको सो बनको ऐलानी जग्गामा बाटो र पोखरी खनाउदा आफु निशब्द भएको उनको भनाइ छ ।

सिफारि२०५३ सालमा गौरीउञ्ज गाबिसले दिएको सिफारिस

स्थानिय बृकचन्द्र बाबाजीका अनुसार बर्षौदेखि स्थानिय डाली ताजपुरियाले सार्वजनिक बन नमासिने गरि जोतभोग गर्दै आएकोमा केहि दिन ऋघि बन क्षेत्र नै अतिक्रमण हुने गरि मोरँगका एक ब्यक्तीले नियम बिपरित रातारात सार्वजनिक बनमा सडक र पोखरी खनाएको कुरा बताए । उनले सार्वजनिक सँपती मास्ने यस्ता प्रबृतीका ब्यक्तीहरुलाइ कानुनको दायरामा ल्याउनु पर्ने कुरा बताए भने जनमत पार्टीका गौरीगञ्ज गाउँकमिटी अघ्यक्ष दशरथ मुखियाले पनि बर्षौ देखि स्थानिय ताजपुरियाले सो बनको जग्गा जोत भोग गर्दै आएकोमा अहिले एक्कासी जोतभोग गर्नेलाइ समेत थाहै नदिए बाहिरको मान्छेले आएर सो जग्गा अतिक्रमण गरेको कुरा बताए । यस बारे आफ्नो पार्टीले छानबिन गर्ने समेत उनले बताए ।

केहि ब्यक्तीहरुले सो बारे जानकारी गराएपछी स्थलगत अनुगमन गर्न पुगेका गौरीगञ्ज गाउँपालिकाका पुर्व उपाध्यक्ष दिपेन्द्र थापाले आफुनो कार्यकालमा सो सार्वजनिक बन सुरक्षित रहेको तर अहिले केहि दिन यता सो बनमा केहि ब्यक्तीहरुले निजि प्रयोजनका लागि अतिक्रमण गरन थालेकोमा दुख ब्यक्त गरेका छन् । सार्वजनिक सरोकारको क्षेत्रका सडक तथा पोखरी खनाउदा कमसेकम स्थानिय सरकारको अनुमती लिनु पर्नेका सो बिषयमा सिँगो गौरीगञ्ज गाउँपालिका नै बेखबर रहेकोमा उनले खेद समेत प्रकट गरेका छन् । सो सार्वजनिक बनमा सडक र पोखरी खनाएको बिषयमा गौरीगञ्ज गाउँपालिकाको स्थानिय सरकारले छानबिन गरि यस्ता गतिबिधि गर्ने जो कोहिलाइ पनि कारवाहिको दायरामा ल्याउनु पर्ने कुरा बताए ।