गौरीगञ्जको साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय

पढ्न समय: 1 मिनेट

बैशाख १४,गौरीगञ्ज । मँगलबार बसेको गौरीगञ्ज गाउँपालिका को कार्यपालिका बैठकले वडानँ ३ मा लाग्दै आएको बुधबारे र वडा नँ ६ मा लाग्दै आएको शनिबारे साप्ताहिक हाट बजारहरु बन्द गर्ने निर्णय गरेको कुरा प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल ले बताएका छन् । यस बाहेक बैठकले भारतसँगको सीमा नाकाहरुमा अावतजावत बन्द गराउने तथा ५० शैय्याको क्वारेन्टाइन व्यवस्थापन गर्ने, २० वटा अक्सिजन सिलिण्डर आइसोलेसनका लागि व्यवस्थापन गर्ने, एम्बुलेन्स व्यवस्थापन गर्ने, लगायत को निर्णय भएको कुरा प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्