गौरीगञ्जको शिक्षा समिति सँयोजकमा गाउँपालिका प्रमुख

पढ्न समय: 1 मिनेट

असार ६, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिककी नवनिर्वाचित प्रमुख को सँयोजकमा गाउँ शिक्षा समिति गठन भएको छ । सोमबार बसेको कार्यपालिका बैठकले गाउँपालिका प्रमुख फुलबत्ती राजवंशी सँयोजक रहने गरी गाउँ शिक्षा समिति गठन गरेको हो ।

- Advertisement -
Ad image
adv

समिति का,सदस्य हरुमा गाउँपालिका उपप्रमुख पुजन न्यौपाने कुँवर, वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी, कार्यपालिका सदस्य रमकुमारी बिक, समाजसेवी का तर्फ बाट हिमादेवी आचार्य, प्याब्सन का तर्फ बाट चन्द्र मोहन राजवँशी तथा सदस्य सचिव मा शिक्षा शाखा प्रमुख टँक खरेल चयन भएको छ । समिति मा एक जना पेशागत शिक्षक सँगठन का तर्फ बाट र एक जना तथा सामुदायिक विद्यालय का प्रअ का तर्फ बाट पदेन सदस्य को चयन हाल गठन भएको समितिले बैठक बसेर नियुक्ति गरिने प्रावधान रहेकोमा सोहि अनुसार गरिने कुरा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर कार्की ले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्