माघ ११ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सामुदायिक बिद्यालयहरुले बर्चश्व जमाएका छन् । गत माघ ८ गते बाट शुरु भएर आज समापन भएको प्रतियोगितामा पालिका भित्र सञ्चालित ४ वटै सामुदायिक माध्यमिक बिद्यालयहरुले निजि तथा सँस्थागत बिद्यालयहरुलाइ पछी पारेका छन् ।
प्रतियोगितामा वडा नँ १ को बालकल्याण माध्यमिक बिद्यालयले ११ स्वर्ण ४ रजत र ३ कास्य पदक सहित प्रथम हुन सफल भएका छन् भने वडा नँ ६ को खजुरगाछी माबिले १० स्वर्ण ६ रजत र ४ कास्य पदक सहित द्वितिय स्थान प्राप्त गरेका छन् । त्यसैगरि वडा नँ २ को आदर्श माबिले २ स्वर्ण ६ रजत र ३ कास्य सहित तृतिय स्थान प्राप्त गरेका छन् । वडा नँ ३ को गौरीगञ्ज माबिले १ स्वर्ण ४ रजत र ८ कास्य गरि १३ पदक जितेका छन् ।
यस बाहेक सँस्थागत बिद्यषालयहरु मध्ये स्नोह्वाइट स्कुलले १ स्वर्ण ३ रजत र ४ कास्य गरि ८ पदक जितेका छन् भने युनिभर्सल एकेडेमीले १ स्वर्ण ३ रजत र २ कास्य सहित ६ पदक जितेका छन् । त्यसैगरि ज्ञानकुञ्ज एकेडेमीले २ स्वर्ण १ रजत र १ कास्य गरि ४ पदक ज्ञानोदय स्कुलले १ स्वर्ण १ रजत र २ कास्य गरि ४ पदक देवकोटा स्कुलले १ स्वर्ण १ रजत र २ कास्य गरि ४ पदक र न्यु युनिभर्सलले ४ कास्य पदक जितेका छन् ।
त्यसैगरि मुनलाइट एकेडेमीले १ रजत र १ कास्य गरि २ पदक र क्रिमसन स्कुलले २ कास्य पदक जितेका छन् ।
प्रतियोगिताको नतिजाले सामुदलायिक बिद्यालयहरुलाइ उत्साहित बनाएको छ भने अतिरिक्त कृयाकलापमा सामुदायिक बिद्यालयहरुले सँस्थागत बिद्यालयहरुलाइ पछि पारिदिएका छन् । वडा नँ १ को महाभारा खेल मैदानमा सञ्चालित प्रतियोगितामा गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित ४ वटा सामुदायिक माबिहरु र ८ वटा सँस्थागत माबिहरुले सहभागिता जनाएको कुरा प्रतियोगिताका सँयोजक हरिलाल यादवले जनाएका छन् । गत आइतबार कोशी प्रदेशका सभामुख अम्बर बहादुर बिष्टले प्रतियोगिताको उद्घाटन गरेका थिए भने प्रतियोगितामा बिभिन्न दुरीका दौड रिले दौड हाइ जम्प लँग जम्प ट्रिपल जँप ज्याभलिन थ्रो सटपुट कबड्डी र भलिबल लगायतका खेलहरुमा क्षात्र र क्षात्राहरुको छुट्टा छुट्टै प्रतिस्पर्धा भएको थियो ।