गौरीगञ्जको राधाकृष्ण रथयात्रा को रुट यस्तो छ यसपाली

पढ्न समय: 1 मिनेट

श्री कृष्ण जन्माष्टमी को अबसरमा भोलि शनिबार गौरीगञ्जमस हुने भनिएको राधाकृष्ण रथयात्रा को सम्पुर्ण तयारी पुरा भएको छ । कोरोना महामारीको कारणले दुइ बर्ष देखि स्थगित रहेको रथयात्राको रुट यस पटक केहि परिवर्तन गरिएको छ । समितीका अध्यक्ष साहका अनुसार गौरीगञ्ज ६ खजुरगाछी स्थित राधाकृष्ण मन्दिरबाट रथ यात्रा शुरु भइ महेन्द्रनगर चोकबाट दक्षिण हुदै वडा नँ ६ को वडा कार्यालय अगाडीबाट थपलिया चोक बाबुराजा श्रेष्ठको घर हुदै देबकोटा स्कुल दक्षिणको बाटो बाट सन्तोषी मन्दिर अस्पताल रोड निस्केर हुलाकी सडक निस्कने छ । त्यसपछि गेउरिया खोला तरेर प्राइम बैँक बाट उतर गएर बुधबारे बजार त्रिमुर्ती चोक बाट दक्षिण गौरीगञ्ज चोक हुदै नहर पुगेर फेरि हुलाकी सडक हुदै राधाकृष्ण मन्दिर फर्केर रथ यात्रा बिसर्जन हुनेछ ।‌

यसपटकको रथयात्रा मा लाखे नाच सन्थाल नाच लगायत बिभिन्न किर्तन मन्डली हरुका झाकी हरुको बिशेष आकर्षक रहने छ । गौरीगञ्ज दर्पण डटकम ले आफ्नो अफिसियल फेसबुक पेज बाट यस रथयात्राको प्रत्यक्ष प्रसारण गर्ने छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्