१३ भदौ, गौरीगञ्ज । सयौँको सँख्यामा भेला भएका स्थानियहरुले गौरीगञ्ज ४ भवानीपुर स्थित सीमा प्रहरी चौकी घेराउ गरेकाछन् । प्रहरीले सीमा नाकाहरुबाट ब्यापारीहरुलाइ सामान ल्याउन दिएको तर किसानहरुले मल ल्याउदा किसानलाइ समातेको, प्याक वाला मदिरा बेच्न दिएको तर घरेलु मदिरा समातेको स्थानियहरुले बताएका छन् ।
केहिबेर अघि इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक गणेश भट्टराइ र गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायतको टोलि घटनास्थल पुगेको र समस्या समाधानको पहल भइरहेको छ ।
समस्या समाधानका लागि पहल भइरहेको बेला स्थानिय महिलाहरुको एक समुहले मदिराले बिजृति ल्याएकोले मदिरा बेच्न पाइदैंन भन्दै बार्ता स्थलमा पसेर बिरोध गरेकाछन् ।
स्थानियहरु लाइ सँझाइ बुझाइ अहिले घर पठाइएको र बिहान समस्या समाधान बारे छलफल गरिने कुरा प्रहरी निरिक्षक भट्टराइले बताएकाछन् ।