गौरीगञ्जको बालुगाउँ नजिकै मोटरसाइकल दुर्घटना : दुइ घाईते

पढ्न समय: 1 मिनेट

बैशाख १६ गौरीगञ्ज । झापाको गौरीगञ्ज वडा नँ ५ स्थित बालुगाउँ नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुइजना घाईते भएका छन् ।
पश्चिम बाट पुर्व तर्फ आई रहेको मे ४ प ४२६९ नँबरको मोटरसाइकल अनियन्त्रित भइ हुलाकी सडकको देब्रे किनाररको पिलरमा ठोक्किंदा मोटरसाइकल चालक बर्ष २६ का ठक मुर्मु गम्भिर घाइते भएका छन् भने मोटरसाइकल को पछाडी सवार वर्ष २१ का बुद्दिलाल मुर्मु पनि घाईते भएका छन् ।

- Advertisement -
Ad image

उनिहरु मध्ये मोटरसाइकल चालक ठक मुर्मुको अबस्था गम्भिर रहेकोमा दुबैजनालाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर पुर्याईएको कुराे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्