चैत १८, गौरीगञ्ज ।‌ कोरोना भाइरस कोभिड १९को दोश्रो लहर देखिन थाले पछी गौरीगञ्जको फत्तेपुर नाकामा पुन: हेल्थ डेस्क स्थापना गरिएको छ । बुधबार देखि सो नाकामा हेल्प डेस्क स्थापना गरि सीमा बर्ती क्षेत्रमा आवतजावत गर्ने गरेको ज्वरो मापन गरि रेकर्ड राख्न थालिएको कुरा प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी का प्रमुख अनुप सेढाई ले बताएका छन् ।
सो हेल्थ डेस्क मा दैनिक एक जना स्वास्थ्य कर्मीको सेवा सहित सीमा नाकामा सुरक्षा कर्मी को निगरानी रहने जनाइएको छ । गत चैत १३ गते बसेको गाउँपालिका स्तरिय सिसिएमसि बैटकले सो नाकामा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको थियो ।