चैत २६, गौरीगञ्ज । एमाले गौरीगञ्जको हिजो बसेको बैठकले आगामी स्थानीय तहको चुनाव का लागि गौरीगञ्ज गाउँपालिका को प्रमुख तथा उपप्रमुखमा तिन तिन जनाको नाम पठाउने सर्वसम्मतिबाट निर्णय गरेको छ ।
बैठक ले प्रमुख पदका लागि बिजय कुमार अग्रवाल, श्याम ढकाल र पदम कटुवाल को नाम चयन गरेको छ भने उपप्रमुखका लागि पुजन न्यौपाने, सम्झना लोहनी र मनिका राईको नाम चयन गरेको छ ।‌
प्रमुख पदका दाबेदार बिजय कुमार अग्रवाल तत्कालीन महाभारा गाबिस का पुर्व अध्यक्ष हुन् । महाभारा गाबिस हाल गौरीगञ्ज वडा नँ १ अन्तर्गत पर्छ । त्यसैगरि श्याम ढकाल यस अघिको स्थानीय तहको चुनाव मा गौरीगञ्ज गाउँपालिका कै प्रमुख पदका लागि उम्मेदवारी दिएका थिए । पदम कटुवाल युवा सँघ बाट राजनितिमा आएका नयाँ अनुहार हुन् ।

त्यसैगरि उपप्रमुख को दाबेदार पुजन न्यौपाने सामाजिक सेवा क्षेत्रमा चिनिएका युवा अनुहार हुन् । उनि लामो समय एलजिसिडिपि अन्तर्गत रहेर तत्कालीन महाभारा गाबिस मा सामाजिक परिचालकका रुपमा सेवा गर्दै स्थानीय हरुको मन जित्न सफल भएकी थिइन् भने पछिल्लो समय उनि सुरक्षित आप्रवासन श्रोत केन्द्र मा प्रमुख कन्सल्टेन्टका रुपमा काम गर्दै बिदेश मा अलपत्र परेका दर्जनौ युवाहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउन सफल भएकी थिइन् । सम्झना लोहनी जिल्ला समन्वय समिति झापा मा लामो समय कोअडिनेटर का रुपमा सेवारत थिइन् भने हाल उनि एमाले गौरीगञ्ज को वडा नंवर ६ कमिटी को उपाध्यक्ष हुन् । त्यसैगरि मनिका राई अघिल्लो स्थानीय तहको चुनाव मा गौरीगञ्ज गाउँपालिका को उपप्रमुख पदको उम्मेदवार बनेर चुनाव लडेकी थिइन् ।

सिफारिस भएका यि तिन तिन जना मध्ये कस्ले बाजि मार्ला यो त हेर्न बाँकी नै छ ।