गौरीगञ्जको पुरानो राम मिष्ठान भण्डार पुन: सञ्चालनमा

पढ्न समय: 1 मिनेट


कार्तिक १, गौरीगञ्ज । हुलाकी सडक निर्माणका क्रममा पुरानो भवन भत्काइएपछी करिब ८ महिना देखि बन्द रहेको गौरीगञ्ज ६ खजुरगाछीको सबै भन्दा पुरानो मिठाइ पसल राम‌ मिष्ठान भण्डार शनिबारदेखि पुन: सञ्चालनमा आएको छ । आज घटस्थापनाको साइत पारेर सो पसलको उद्घाटन गरिएको कुरा सञ्चालक राम साहले बताएका छन् ।
पुन: सञ्चालनमा ल्याइएको सो पसल साबिकको स्थान बाट केहि पुर्ब सडकको दक्षिण पट्टी को घरमा शुरु गरिएको छ । उपभोक्ताहरुको माग बमोजिम पहिले भन्दा अझ राम्रो सेवा दिइने कुरा सञ्चालक साहले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्