पुस ४ गौरीगञ्ज । कार्यपालिका बैठकमा बिबाद भएपछी हिजो बसेको गौरीगञ्ज गाउँपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । बैठक शुरु भएलगतै एजेण्डामा प्रवेश नै नगरि बैठक स्थगित भएको श्रोतले जनाएको छ ।

बैठक शुरु भए लगतै शहरी बिकास अन्तर्गत आएको रु १ करोडको योजना कार्यपालिका बैठकमा छलफल नै नगरि अध्यक्ष फुलबती राजवँशीले मनोमानी ढँगबाट वडा नँ ६ मा लगेको बिषय उठान भएपछी बैठकमा बिबाद भएको हो । बैठकमा वडा नँ ६ का वडाध्यक्ष बाहेक सबै कार्यपालिका सदस्यहरुले सो योजनाको बारेमा बिरोध जनाएको कुरा एक कार्यपालिका सदस्यले बताएका छन् । बैठकमा निकै चर्काचर्की भएको र बैठकमा भएको चर्काचर्की सभाहल बाहिर पनि टड्कारै सुनिएको कुरा पालिकाका कर्मचारी हरुले बताएका थिए ।

सो योजनाको बारेमा सहरी बिकास कार्यालयले टेण्डर खोल्दा समेत शिर्षक स्पष्ट नपारि टेण्डर आब्हान गरेको पाइएको छ । टेण्डर बिज्ञापनमा शहरी बिकासका पुर्वाधारहरु निर्माण भनिएको छ तर कुन पुर्वाधार भनेर स्पष्ट पारिएको छैन । टेण्डर बिज्ञापनमा सो योजना कुन वडामा वा पालिकाको कुन स्थानमा बन्ने समेत उल्लेख छैन ।

खुलाईएको टेण्डट नेटिस

पुर्वाधार धरै प्रकारका हुन्छन् । बाटो, पुल, अस्पताल, बिद्यालय, ढलनल सबै शहरी बिकासका पुर्वाधार हुन तर टेण्डर बिज्ञापनमा कुन पुर्वाधार भनेर स्पष्ट नै छैन – एक कार्यपालिका सदस्यले भने । सो एक करोडको योजनाको बारे अध्यक्ष राजवँशीले स्पष्ट राय दिन नसक्दा अरु सदस्य हरुले बैठक चल्न नदिएको कुरा एक कार्यपालिका सदस्यले जनाएक छन् ।
आजको बैठकमा बिद्युत पोल, कृषि पशु सेवा सामग्री बितरण, सडक बोर्ड नेपालको योजना, स्वास्थ्य बिमा र सुरक्षित नागरिक आवास लगायतका एजेण्डाहरुमा छलफल गर्ने भनि बैठक बोलाइएको थियो ।