माघ १८ गौरीगञ्ज । मेची आँखा अस्पतालको प्राबिधिक सहयोगमा गौरीगञ्ज आधारभुत अस्पतालमा सञ्चालन भएको दुइ दिने निशुल्क आँखा शिबिरमा १ सय १४ जना आँखाका रोगीहरुको सफल शल्यकृया गरिएको छ ।
शिबिरको पहिलो दिन हिजो १७ गते ५० जना मोतियाबिन्दुको बिरामी र ३ जना आँखामा मासु पलाएका बिरामीहरुको गरि जम्मा ५३ जनाको सफल सल्यकृया गरिएको थियो भने आज दोश्रो दिन ५७ जना मोतियाबिन्दुको बिरामी र ४ जना आँखामा मासु पलाएको बिरामीको गरि ६१ जनाको सफल सल्यकृया गरिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।
त्यसै गरि अझ ४९ जना बिरामीको सल्यकृया गर्न बाँकी रहेको र उनिहरुको भोली शुक्रबार सल्यकृया गरिने कुरा स्वास्थ्य शाखा प्रमुख मिश्रले जनाएका छन् । बाँकी रहेका थप ४९ जना गरि यो शिबिरबाट जम्मा १ सय ६३ जनाले सल्यकृया सहितको उपचार सेवा लिएको र हिजो र आज अन्य सामान्य रोगीहररु गरि करिब ६ सय ५० आँखाका रोगीहरुको आँखा जाँच गरिएको कुरा उनले बताएका छन् ।
अप्रेसन सहितको दुइ दिने निशुल्क आँखा शिबिर भनेर प्रचार प्रसार गरिएपनि कम्प्युटर प्रबिधिबाट गरिएको आँखाको शल्यकृयाको शुल्क बिमा कार्डबाट वसुलेको कुरा सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
यो सँगै गौरीगञ्जको आधारभुत अस्पतालमा मेची आँखा अस्पतालको आँखा उपचार सेवा सँधैको लागि शुरु भएको छ भने सल्यकृया सहितको उपचार सेवाका लागि गौरीगञ्ज बाहिर जानु पर्ने बाध्यता हट्ने भएको छ ।