
८ साउन गौरीगञ्ज । आज गौरीगञ्जका एक जना सँक्रमण मुक्त भइ घर फर्केका छन् । गत असार २२ गते सँक्रमण पुष्टी भएका गौरीगञ्ज वडा नँ ३ का पुरुष आज कोरोना जितेर घर फर्केका छन् । उनि मोरँगको गोठगाउँ स्थित आइसोलेसन सेन्टरमा उपचाररत थिए । यो सहित झापाको गौरीगञ्ज गाउँपालिका मा कोरोना जितेर घर फर्किनेको सँख्या १९ पुगेको छ । जेठ १८ गते गौरीगञ्जकाा क्वारेन्टाइन मा बसेका ४ जनामा पहिलो पटक सँक्रमण देखिए यता साउन ५ गते सम्म सँक्रमितको सँख्या २३ जना पुगेको छ । अब असार २६ गते सँक्रमण पुष्टी भएका ३ जना र साउन ५ गते पुष्टी भएका १ जना गरि ४ जना मात्र सँक्रमण मुक्त हुन बाँकी रहेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।