असोज १२ गौरीगञ्ज । पेशागत शिक्षकहरुको हकहितमा काम नगरेको भन्दै १४ जना शिक्षक शिक्षिकाहरुले आफु आबद्ध बिभिन्न शिक्षक सँगठनहरु परित्याग गरेको घोषणा गरेका छन् । गौरीगञ्ज गाउँपालिका अन्तर्गतका बिभिन्न सामुदायिक बिद्यालयमा कार्यरत १४ जना शिक्षक शिक्षकाहरुले आजको मिती देखि कुनै पनि शिक्षक सँगठनहरुमा नबस्ने गरि सवतन्त्र रुपमा आफ्नो पेशाथत कार्य अघि बढाउने कुरा एक बिज्ञप्ती जारी गर्दै बताएका छन् ।
बिज्ञप्तीमा – मिती २०८० असोज ५ गते नेपाल सरकारका प्रतिनिधि नेपाल शिक्षक महासँघ बिच भएको सहमतीका बुँदाहरु अध्ययन गर्दा नेपाल शिक्षक महासाघले जुन जिम्मेबारीका साथ शिक्षक कर्मचारीका मागहरु सँबोधन गराउने पक्षमा निर्णय गराउछ भन्ने अपेक्षा थियो त्यस अनुरुप नगरी धोका दिएको अनुभुती भयो यस अबस्थामा शिक्षक कर्मचारीका मागहरु प्रति जिम्मेबार बन्न नसक्ने घटक सँस्था र शिक्षक महासँघ प्रति आस्था राख्नुको कुनै औचित्य नरहने निर्णय गर्दै आजको मिती बाट लागु हुने गरि महासँघ तथा सँघ सँगठनहरुबाट राजिनामा दिइ स्वतन्त्र रुपमा रहने घोषणा गर्दछौँ । साथ साथै बिद्यार्थीहरुको सिकाइ उपलब्धी स्तर उकास्न प्रतिबद्धता जाहेरगर्दै आगामी दिनमा शिक्षकहरुको हक हितका लागि स्वतन्त्र शिक्षकको रुपमा अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्दछौ लेखिएको छ ।
शिक्षकहरु खेमराज ताजपुरिया केशब कार्की लखन ताजपुरिया पवन ताजपुरिया तारा निरौला शुसिला बस्नेत पुजा राइ प्रभाष ताजपुरिया जुना श्रेष्ठ दिलकुमारी राजवँशी इन्द्र प्रसाद यादव महेन्द्र ठाकुर हरि बहादुर कार्की र गोपाल बस्नेत ले हस्ताक्षर गरि सो बिज्ञप्ती जारी गरेका हुन ।