बैशाख १७ गौरीगञज । निर्वाचन अधिकृत को कार्यालय ले गौरीगञ्ज मा, स्वतन्त्र उम्मेदवारी दर्ता गराएका उम्मेदवार हरु लाई चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन आयोग को तालिका अनुसार आज उनिहरुलाई चुनाव चिन्ह प्रदान गरिएको कुरा निर्वाचन अधिकृत भेषराज कोइराला ले जनाएका छन् ।

निर्वाचन अधिकृत को कार्यालय ले गौरीगञज दर्पण डटकम लाई उपलब्ध गराएको सुचना अनुसार उपाध्यक्ष पदका उम्मेदवार जय चन्द्र राय लाई चुनाव चिन्ह जेब्रा प्रदान गरिएको छ भने अर्का उपाध्यक्ष का उम्मेदवार सुजन थापा लाई चुनाव चिन्ह मुडा प्रदान गरिएको छ । त्यसैगरि वडा नं २ का स्वतन्त्र वडाध्यक्ष का उम्मेदवार गणेश बहादुर कार्की लाई चुनाव चिन्ह मुडा प्रदान गरिएको छ भने वडा नं ३ का स्वतन्त्र वडाध्यक्ष उम्मेदवार कमरुद्दिन मियाँलाई पनि चुनाव चिन्ह मुडा नै प्रदान गरिएको छ ।
वडा नं ३ कै अर्का स्वतन्त्र वडाध्यक्ष उम्मेदवार विश्वराज रिजाललाई चुनाव चिन्ह जेब्रा प्रदान गरिएको छ भने वडा नं ३ कै स्वतन्त्र वडाध्यक्ष उम्मेदवार सन्जे महतोलाई चुनाव चिन्ह खरायो प्रदान गरिएको छ ।

त्यसैगरि वडा नं ५ का स्वतन्त्र वडाध्यक्ष उम्मेदवार रत्न बहादुर राजवंशी लाई चुनाव चिन्ह मुडा प्रदान गरिएको छ भने वडा नं ६ का स्वतन्त्र वडाध्यक्ष उम्मेदवार सुर्य बहादुर बिश्वकर्मा लाई चुनाव चिन्ह गुलाफको फूल प्रदान गरिएको छ ।

स्वतन्त्र वडा सदस्य उम्मेदवार हरु को हकमा वडा नं १ का स्वतन्त्र वडा सदस्य उम्मेदवार टँक बहादुर श्रेष्ठ लाई चुनाव चिन्ह गुलाफको फूल प्रदान गरिएको छ भने वडा नं २ का स्वतन्त्र वडा सदस्य उम्मेदवार मीन प्रसाद खतिवडा लाई चुनाव चिन्ह मुडा प्रदान गरिएको छ । वडा नं ३ का स्वतन्त्र वडा सदस्य उम्मेदवार ज्ञान बहादुर सेढाई लाई चुनाव चिन्ह गुलाफको फूल प्रदान गरिएको छ भने वडा नं ५ का दुइ जना स्वतन्त्र उम्मेदवार हरु देवनारायण गन्गाई र सञ्जय कुमार सिंह लाई पनि चुनाव चिन्ह मुडा नै प्रदान गरिएको छ ।