गौरीगञ्जका सबै शैक्षिक सँस्था हरुमा भर्ना अभियान शुरु

पढ्न समय: 1 मिनेट


१ असोज गौरीगञ्ज । सोमबारको मन्त्री परिषदको निर्णय अनुसार कोभिड १९ बाट सिर्जित परिस्थिती केहि सहज बनाइएपछी झापाको गौरीगञ्ज गाउँपालिकामा शैक्षिक गतिविधी शुरु भएको छ । केहि दिन अघि बसेको गौरीगञ्ज क्षेत्र भित्र सँचसलित बिद्यालयका प्रधानाध्यापक हरुको बैठकको निर्णय र शिक्षा शाखा गौरीगञ्जको निर्देशन अनुसार बिहिबार देखि गौरीगञ्जका सबै खाले शैक्षिक सँस्था हरुमा भर्ना अभियान शुरु गरिएको छ
बिहिबार केहि विद्यालयहरुले बिज्ञापन प्रकाशित गरेरै भर्ना अभियान शुरु भएको जनाउ दिएका छन् ।
शिक्षा शाखा गौरीगञ्जका सँयोजक दिपेन्द्र थापा का अनुसार गौरीगञ्ज क्षेत्रमा सँचालित सबै खाले सामुदायिक तथा सँस्थागत बिद्यालय हरुले असोजको पहिलो हप्ता भर्ना अभियानको प्रचार प्रसार गर्ने, दोश्रो हप्ता घरदैलो कार्यक्रम गर्ने र तेस्रो हप्ता देखि सामाजिक दुरी कायम गर्दै आलोपालो , जोर बिजोर वा दुइ सिफ्ट प्रणालिमा पठनपाठन शुरु गर्ने तयारी गरिएको जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्