बैशाख ६ गौरीगञ्ज । निर्वाचन आचार सँहिता लागु भइसक्दा समेत वडाध्यक्ष हरुले सरकारी मोटरसाइकल नबुझाएको समाचार गौरीगञ्ज दर्पण डटकम मा प्रकाशित भएपछि गौरीगञ्ज गाउँपालिका का सबै वडाध्यक्ष हरुले आफुले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल गाउँपालिका लाई बुझाएका छन् ।
बैशाख ४ गते सो समाचार प्रकाशित भएपछि बैशाख ५ गते वडा नँ २ का वडाध्यक्ष अघनु प्रसाद राजवंशी ले र ६ गते वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी, वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद गिरी, वडा नं ५ का वडाध्यक्ष विजय सिंह गन्गाई र वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादव ले आफुले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल को चाबी प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्की लाई बुझाएका छन् । वडा नं ३ का वडाध्यक्ष मखना महतो ले सरकारी मोटरसाइकल प्रयोग नगरेका कारण केहि महिना अघि उनका वडामा रहेको मोटरसाइकल गाउँपालिका का प्राविधिक शाखाले प्रयोग गर्न गरि गाउँपालिका लाई जिम्मा लगाइएको कुरा गाउँपालिका का शाखा अधिकृत बिरेन्द्र खड्का ले बताए ।
उपाध्यक्ष दिपेन्द्र थापा ले आफुले प्रयोग गर्दै आएको सरकारी मोटरसाइकल चैत मसान्त मै र अध्यक्ष बाबुराजा श्रेष्ठले प्रयोग गर्दै आएको स्कार्पियो गाडी बैशाख ४ गते नै बुझाइसकेका छन् ।
चैत २५ गते मध्यरातदेखि निर्वाचन आचार संहिता लागु भएसँगै आगामी स्थानीय तहको चुनाव मा उम्मेदवार हुन आकाङ्क्षी जनप्रतिनिधि हरुले सरकारी मोटरसाइकल प्रयोग गर्न नपाउने नियम छ भने आगामी स्थानीय तहको चुनाव मा अहिलेका बहालवाला सबै वडाध्यक्ष तथा अध्यक्ष उपाध्यक्ष पुन: उम्मेदवार हुन आ-आफ्नो पार्टी बाट नाम पठाएका छन् ।