गौरीगञ्जका महिला हरुलाइ सेनिटरी प्याड बनाउने तालिम

पढ्न समय: 2 मिनेट

माघ २८ गौरीगञ्ज । गौरीगञ्जमा महिलाहरुका लागि सेनिटरी प्याड बनाउने १० दिने तालिम शुरु भएको छ । गौरीगञ्ज गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजना र उद्यमशिल महिला जागरण केन्द्रको प्राबिधिक सहयोगमा सो तालिम शुरु भएको हो । तालिममा गौरीगञ्ज गाउँपालिका भरिका २० जना महिलाहरु सहभागि भएका छन् भने तालिममा सुति कपडाको पुन प्रयोग गर्न मिल्ने सुरक्षित सेनिटरी प्याड बनाउन सिकाइने कुरा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले बताएका छन् ।

- Advertisement -
Ad image


तालिमको उद्घाटन सत्रमा बोल्दै उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालले सुति कपडाको प्याड बजारमा पाइने केमिकल युक्त प्याड भन्दा धेरै सुरक्षित र स्वस्थ्यकर रहेको बताउका छन् । उनले बजारमा पाइने केमिकलयुक्त प्याडहरु महिलाहरुका लागि हानीकारक र खर्चिलो रहेको र सोहि केमिकल युक्त प्याडहरुका कारण महिलाहरुमा पाठेघरको क्यान्सर जस्तो प्राण घातक रोगको सँक्रमण हुने गरेको बताएकाछन् । उनले तालिम पछि प्रशिक्षार्थी उद्यमि महिलाहरुले आफै उत्पादन गरेका प्याडहरु गाउँपालिकाले खरिद गरि बिद्यालयहरुमा छात्राहरुका लागि केमिकल युक्त प्याडको साटी यहि सुती कपडाका प्याडहरु प्रयोग गर्न दिनु पर्ने कुरामा जोड दिएकी थिइन ।


तालिममा प्रशिक्षक तारा चौधरीले प्रशिक्षार्थी महिलाहरुलाइ कपडाको प्याड बनाउन सिकाउने छन भने आजको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर वडाध्यक्ष श्रवण गिरी कार्यपालिका सदस्यहरु राधा अधिकारी रमकुमारी बिक वडा सदस्यहरु गँगा राजवँशी शुसिल राइ महिला तथा बालबालिका शाखाकी फोकल पर्सन जस्ना कुमारी गन्गाइ लगायत उद्यमशिल महिला जागरण केन्द्रका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्