चैत १७ गौरीगञ्ज । वायुमण्डलमा देखिएको अस्वभाबिक वातावरणीय परिवर्तन पछी नेपाल सरकारले चैत २० गतेसम्म देशभरका शैक्षिक संस्था हरु बन्द गर्न सुचना जारी गरेपनि झापाको गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित बोर्डिङ स्कुलहरु बन्द नहुने भएकाछन् । आज गाउँपालिका मा बसेको शिक्षा समिति को बैठकले यस बारे ठोस लिखित निर्णय नगरेपनि गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित बोर्डिङ स्कुल हरु यथावत रुपमा सञ्चालन रहने कुरा प्याब्सन गौरीगञ्जका अध्यक्ष कमल राजवँशीले बताएका छन् । झापामा खासै वातावरणीय परिवर्तन नदेखिएको र गत वर्ष कोरोना महामारी का कारण लामो समयसम्म बिद्यालय हरु बन्द रहेका ले बिद्यालयहरु यथावत सञ्चालनमा राख्ने कुरा उनले बताएका छन् ।
आज गाउँपालिका मा बसेको शिक्षा समिति बैठकमा सरकारको निर्देशन अनुसार ४ दिन बिद्यालय बन्द गर्ने, नगर्ने बिषयले प्रवेश पाएपनि यसबारे लिखित निर्णय नभएको कुरा शिक्षा शाखा गौरीगञ्जका प्रमुख शुसिल दाहाल ले जनाएका छन् । यद्यपि गाउँपालिका भरीका बिद्यालय हरुमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को तयारी भइरहेको ले सो प्रतियोगिता को तयारी का लागि भएपनि गाउँपालिका भित्र का सामुदायिक माध्यमिक विद्यालय हरु समेत यथाबत रुपमा सञ्चालन मा रहने कुरा बुझिएको छ । प्राबि तहका सामुदायिक विद्यालय हरुबारे जानकारी प्राप्त भएको छैन ।
गौरीगञ्ज गौरीगञ्जका बोर्डिङ स्कुलहरु चार दिन बन्द नहुने