जेठ १३ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालनमारहेका बिद्यालय हरुलाई बिद्यार्थी हरुको आन्तरिक मुल्यांकन को आधारमा यस बर्ष को बार्षिक परीक्षा को नतिजा सार्वजनिक गर्न निर्देशन दिइएको छ । शिक्षा शाखा गौरीगञ्जले एक सुचना जारी गर्दै सो निर्देशन दिएको हो । जेठ ११ गते बसेको शिक्षा समिति को बैठकले ८ कक्षा बाहेक कक्षा १ देखि ९ सम्मका बिद्यार्थी हरुको शैक्षिक सत्र २०७७ को अन्तिम परीक्षा यहि शैक्षिक सत्रमा यो भन्दा अगाडि भएका त्रैमासिक तथा अर्ध वार्षिक परीक्षा तथा निरन्तर बिद्यार्थी मुल्यांकन समेतलाई आधार मानि अन्तिम मुल्यांकन गर्ने र सो को नतिजा यहि जेठ २५ गते सम्म प्रकाशन गरिसक्न र असार महिनाबाट नयाँ शैक्षिक सत्र सुरु गर्न निर्णय गरिएको ले सोहि निर्णय अनुसार कक्षा ८ बाहेक कक्षा १ देखि ९ सम्मका बिद्यार्थी हरुको बार्षिक परीक्षा फल जेठ २५ गते सम्म प्रकाशन गरिसक्न विद्यालय हरुलाई निर्देशन दिइएको छ ।

सुचना
सुचना


कक्षा ८ को हकमा भने यस अघि लिइएको त्रैमासिक र अर्धवार्षिक परीक्षाको ६० प्रतिशत अँक विद्यार्थी को हाजिर को आधारमा २० प्रतिशत अँक र अतिरिक्त कृयाकलाप, कक्षा कार्य सिर्जनात्मक कार्य गृहकार्य को आधारमा २० प्रतिशत अँक हुने गरि आन्तरिक मुल्यांकन को आधारमा अन्तिम नतिजा तयार पारी सो नतिजाको सफ्टकपी र हार्डकपी सँबन्धित बिद्यालयका प्रधानाध्यापक ले प्रमाणित गरि यहि जेठ २० गते भित्र शिक्षा शाखामा पठाउन निर्देशन दिइएको छ ।