फागुन १९ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित सबै सामुदायिक तथा सँस्थागत बिद्यालयहरुमा आँखा तथा दाँत सँबन्धी निशुल्क स्वास्थ्य शिबिर शुरु भएको छ । गौरीगञ्ज गाउपालिकाका अध्यक्ष फुलबती राजवँशी र उपाध्यक्ष पुजन न्यौपानेले आज वडा नँ ६ स्थित खजुरगाछी माबि बाट निशुल्क स्वास्थ्य शिबिरको औपचारिक उद्घाटन गरेका छन् ।
आज खजुरगाछी माबिमा भएको शिबिरमा ७ सय ४१ जना बिद्यार्थीहरुले ले आखा परिक्षण गराएका छन् । जस मध्ये एक जना बिद्यार्थीमा मोतियाबिन्दु र अन्य ३ जनामा आखा सँबन्धी समस्या देखिएकोमा चारै जनालाइ थप निशुल्क उपचारका लागि मेची आखा अस्पताल रेफर गरिएको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । त्यसैगरि सो शिबिरबाट आज ४ सय ३२ जना बिद्यार्थीहरुले दन्त परिक्षण गराएका छन् । जस मध्ये ५२ जना बिद्यार्थीको दातमा किरा लागेकोमा १५ जनाको दात फुकालेको र अन्य ८ जना दन्त रोगी बिद्यार्थीलाइ थप निशुल्क उपचारका लागि ओम शान्ती डेन्टल हस्पिटल रेफर गरिएको कुरा स्वास्थ्य शाखा प्रमुख मिश्रले जनाएका छन् ।
निशुल्क शिबिर कार्यक्रम बुधबार बाटै शुरु भएपनि शिबिरको औपचारिक उद्घाटन आज गरिएको कुरा गाउँपालिकाले जनाएको छ । बुधबार दाँत तथा आखाको निशुल्क शिबिर वडा नँ ६ कै क्रिमसन बोर्डिङ स्कुलमा सञ्चालन गरिएको थियो । चैत १३ गते सम्म चल्ने निशुल्क शिबिर पालो मिलाएर गौरीगञ्जका सबै बिद्यालयहरुमा सञ्चालन गरिने कुरा स्वास्थ्य शाखा प्रमुख मिश्रले बताएका छन् ।
गौरीगञ्ज गाउँपालिकाको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोड र ओम शान्ती डेन्टल हस्पिटल दमकको प्राबिधिक सहयोगमा सञ्चालन भइरहेको निशुल्क स्वास्थ्य शिबिरमा आखा परिक्षण तर्फ मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज वरालको नेतृत्वमा दृष्टी बिशेषज्ञहरु अजय कुमार राय प्रियँका यादव नेत्र सहायक दिक्षा भट्टराइ लगायतका चिकित्सक तथा प्राबिधिकहरुले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् भने दन्त परिक्षण तर्फ कमल गैरेको नेतृत्वमा ओम शान्ती डेन्टल हस्पिटलका डा सँगिता राइ बिनिता गुड्डे रोहित गिरी लगायतका चिकित्सक तथा प्राबिधिकहरुले सेवा दिइरहेका छन् ।