गौरीगञ्जका बाढि पिडितहरु का लागि सहयोगको आह्वान : राहत वितरणमा एकद्वार प्रणाली

पढ्न समय: 2 मिनेट

कार्तिक ४, गौरीगञ्ज । सोमबार देखिको अबिरल वर्षाका कारण गौरीगञ्ज वडा नँ १ मा सयौ परिवार बिस्थापित र करोडौको धानबाली मा क्षति गरेपछि आज वडा नँ १ को वडा समितिको आकस्मिक बैठक बसेको छ ।‌ वडाध्यक्ष कार्तिक लाल राजवँशी को अध्यक्षतामा बसेको वडा को आकस्मिक बैठक ले बाढि पिडितहरुका लागि बिभिन्न दातृ निकाय, तथा सँघ सँस्था हरु सँग राहतका लागि सहयोगको अपिल गरेको छ ।

बैठकले बिभिन्न सहयोगि सँघसँस्था हरु बाट सहयोग स्वरुप आउने राहत बितरण मा एकद्वार प्रणाली लागू गर्ने निर्णय गरेको छ । सो का लागि बिभिन्न दातृ निकाय हरुले राहत सामग्री ल्याउदा वडा कार्यालय सँग समन्वय गर्न समेत आह्वान गरेको छ । राहत वितरणमा एकद्वार प्रणाली लागू नगरे कुनै टोलका पिडित ले धेरै पटक राहत पाउने र कुनै टोलका पिडित ले एकै पटक पनि राहत नपाउने भएकाले राहत वितरणमा एक रुपता ल्याउन एकद्वार प्रणाली लागू गर्ने निर्णय गरिएको कुरा वडाध्यक्ष राजबँशीले जनाएका छन् ।

राहत वितरणमा एकरुपता ल्याउन र विभिन्न दातृ निकाय हरु सँग राहतका लागि समन्वय गर्न आजको बैठकले समन्वय समिति समेत गठन गरेको छ । वडाध्यक्ष कार्तिक लाल राजवँशी सँयोजक रहने गरी गठन गरिएको समिति मा सदस्य हरुमा राजभक्त सुनुवार जानुका गौतम टँक श्रेष्ठ सुनिता पासवान, गोबिन्द कुँवर, बिनोद राजवंशी, बुधनारायण राजवंशी, ईन्द्र नारायण राजवंशी, भरत कुमार राजवंशी, नर बहादुर बस्नेत, दिपेन्द्र गौतम, र नन्द किशोर यादव लाई चयन गरिएको छ ।

सोमबार देखिको अबिरल वर्षाका कारण कन्काई बनियानी लगातका खोलाहरुमा बाढि आई वडा नँ १ को होकलबाडीमा ९५ परिवार, टप्पुमा १८ परिवार, ईश्वर बस्ती मा२२ परिवार, धानगाडामा ७ परिवार वालुबाडीमा २९ परिवार, टुनुबस्ती र बिर्खे बस्ती मा १८ परिवार रँगियाथानमा १ परिवार बिस्थापित भएको छ भने हजारौं बिघा पाक्न लागेको धानबाली नष्ट भएको छ ।

त्यसै गरि वडा नँ,२ को भाकुरमारीमा ४४ परिवार र आमगाछीमा २५ परिवार डुवानमा परेका छन् भने हजारौ बिघा पाक्न लागेको धानबाली नष्ट भएको छ ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्