कार्तिक २ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ ठेकिटोल स्थित आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत दुइ जना स्वास्थ्य कर्मीलाइ कोरोनासँक्रमण भएको छ । स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले सामाजिक सञ्जालमा सो कुराको पुष्टी गरेका छन् ।

मिश्रले सो कुराको पुष्टी गरेपनि उनिहरुको आधिकारिक रिपोर्ट प्राप्त नभएको बुझिएको छ । गत असोज २४ गते सो स्वास्थ्य केन्द्रका कार्यरत एक महिला र एक पुरुष स्वास्थ्यकर्मीमा ज्वरो सहितको कोरोना सँक्रमणको लक्षण देखिएको थियो । सोहि दिन पुरुष स्वास्थ्यकर्मी मा स्वास प्रस्वासमा समस्या देखिएको र अबस्था नाजुक बन्दै गएपछी उनलाइ धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याइएको थियो । सोहि दिन बेलुकी उनको स्वब लिइए पनि हाल सम्म पिसिआरको आधिकारिक रिपोर्ट नदिइएको कुरा गौरीगञ्ज का आइसोलेसन इञ्चार्ज अनुप शर्माले बताएका छन् । धरानको कोभिड अस्पतालमा तिन दिन सम्म रहँदा उपचारका लागि कुनै डाक्टर नआएको र अबस्था बिग्रदै जाँदा समेत रिपोर्ट पनि नदिएपछी उनि बुधबार बिहान धरानबाट फर्केर गौरीगञ्ज नै आएका थिए । उनलाइ अहिले गौरीगञ्ज गाउँपालिका ले सञ्चालन गरेको कोभिड अस्पतालमा राखेर उपचार गरिदै आएको छ ।
प्रहरी श्रोतको हवाला दिदै स्वास्थ्य शाखा प्रमुख मिश्रले उनमा कोरोना पोजेटिभ देखिएको कुरा बताएकाछन् । उनको रिपोर्ट मगाउने कोशिसमा छौ तर आइपुगेको छैन – उनले भने । प्रहरी श्रोतले उनको रिपोर्ट पोजेटिभ आएको बताएपनि हाल सम्म सामाजिक बिकास मन्त्रालय प्रदेश१ र जिल्ला स्वास्थ्य कार्यालय झापा ले उनि हरुमाा सँक्रमण भएको आधिकारिक पुष्टी गरेका छैनन् ।
सँक्रमित पुरुष गौरीगञ्ज वडा नँ ४ का हुन भने अर्कासँक्रमित महिला स्वास्थ्य कर्मी दमककी हुन् । महिला स्वास्थ्यकर्मी को अबस्था सामान्य रहेको र उनि होम आइसोलेसनमा बसेको कुरा बुझिएको छ ।
बिरामीको अबस्था नाजुक हुँदासमेत नौ दिन सम्म पनि उनको रिपोर्ट सरकारले लुकाउनु र हाल सम्म पनि जिल्ला स्वास्थ्य कार्यालय झापा र सामाजिक बिकास मन्त्रालय प्रदेश १ ले सँक्रमण पुष्टी नगर्नुले सरकारको गैरजिम्मेवारी स्पष्ट भएको छ ।