बैशाख १२, गौरीगञ्ज । कोरोना सँक्रमण को दोश्रो लहर चले यता गौरीगञ्ज का एक स्थानीय मा कोरोना सँक्रमण पुष्टि भएको छ । गौरीगञ्ज वडा नँ ४ कि एक ३६ बर्षिया महिलामा सँक्रमण पुष्टि भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।
केहि दिन यता उनमा लक्षण देखिएर पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको कुरा शाखाले जनाएको छ यद्यपि जिल्ला स्वास्थ्य कार्यालय झापा ले सो सँक्रमित महिला वडा नँ २ को रहेको उल्लेख गरेको छ ।
गौरीगञ्जका स्थानिय मा सँक्रमण पुष्टि भएपनि गाउँपालिका भित्र स्वास्थ्य सुरक्षा को कुनै मापदण्ड र सतर्कता अपनाइएको छैन । गत ७ गते सिसिएमसि को बैठक बसेर सीमा नाका बन्द गर्ने, सचेतना मुलक सुचना र माईकिङ् गर्ने कार्यालय हरुमा सुरक्षा सतर्कता अपनाउने लगायतको निर्णय गरिएपनि ति कुनै निर्णय कार्यान्वयनमा आएको छैन ।
