• जेष्ठ १९, २०७९
  • Madan Rajbanshi
  • 0

जेठ १९, बिर्तामोड । झापा प्रहरीले झण्डै दुई हप्ताको अपरेशनमा मोटरसाइकल चोरी गर्ने एउटा गिरोहलाई पक्राउ गर्न सफल भएको छ । पक्राउ परेकाहरुलाई आज इलाका प्रहरी कार्यालय अनारमनीमा सार्वजनिक गरिएको थियो । जिल्ला प्रहरी कार्यालय र इप्रका अनारमनीको संयुक्त टोलीले चोरीमा संलग्न ८ जनालाई सार्वजनिक गरेको हो ।

मोटरसाइकल चोरीमा संलग्न गौरीगञ्ज ५ बस्ने १८ वर्षीय ओमप्रकाश यादव, बिर्तामोड ५ बस्ने १८ वर्षीय करण मण्डल , वडा न. ३ बस्ने १९ वर्षीय कुमार राजवंशी , अर्जुनधारा ८ बस्ने १८ वर्षीय समिर मियाँ , आहिल ग्यारेजका संचालक सप्तरी टिकुली ५ बस्ने १७ वर्षीय करण महमद , इलाम चुलाचुली बस्ने १८ वर्षीय राहुल श्रेष्ठ र १४,१५ वर्षका दुईजना नाबालकलाई पक्राउ गरिएको कुरा बिर्तामोड का डिएसपी रुगम बहादुर कुँवरले जानकारी दिए ।

यसअघि दुले चोरमा पक्राउ परेकाहरु नै मोटरसाइकल चोरीमा संलग्न भएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुवरले जानकारी दिए । दुले चोरभन्दा माथ्लो स्टेपमा उनीहरुको गतिविधि गरेको प्रहरीको भनाई छ ।

प्रहरीमा मोटरसाइल चोरी भएको उजुरी बढ्न थालेपछि अपशरेन शुरु गरिएको थियो । प्रहरीले जेठ १८ गते अर्जुनधारा ८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा १० स्थित बिमल हुमागाईको घर सटरमा ग्यारेज संचालन गर्ने सप्तरी टिकुली ५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा मोटरसाइकल बरामद गरेको थियो । त्यस्तै झापाका विभिन्न स्थानबाट ५ र इलामबाट एउटा गरी थप ६ वटासमेत गरी जम्मा १२ वटा चोरीको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । १२ मोसामध्ये १ थान इलामबाट र १ थान बुधबारेबाट बरामद गरिएको थियो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा ३० सेकेन्डमा मोटरसाइकल चोरी गर्न सक्ने युवाहरु पक्राउ गरिएको छ । विर्तामोडमा डिएसपी भन्छन्, डेमो गराउँदा ३० सेकेन्डमा मोटरसाइकल स्टार्ट गरे । केहि वर्षअघि सम्म दिउँसो मोटरसाइकल चोरी हुन्थ्यो, अहिले राती १२ देखि ४ बजेसम्म चोरी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चोरी भएका मोटरसाइकल मध्ये ७ वटा भेरिभाई भइसकेको छ, २ जना सवारी धनी नै आइसक्नु भयो– डिएसपी कुवरले भने ।

प्रहरीले प्र.१–०१–०१४प ९३१९ , मे ६ प ७६३९ , प्र.१–०१–०१२ प २७५ , नम्बर प्लेट नटाँसेको एउटा , मे ७ प ७६४३ , मे १ प ७९४ , मे ६ प ६४५१ , मे ११ प ५२३७ , मे प ७६३९ , मे ९ प ७३४६ , मे ५ प ७१५०, मे४ प ४०६२ नम्बरका मोटरसाइकल बामद गरेका छन् ।