बैशाख २७, गौरीगञ्ज । गौरीगञ्ज स्थानीय सरकार को राजधानी अर्थात गौरीगञ्ज यसको मुटु मानिने वडाेनँ ३ मा चौ पक्षिय भिडन्त हुने देखिएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनाव मा वडा नं ३ को वडाध्यक्ष पदका लागि तिन जना स्वतन्त्र उम्मेदवार सहित ९ जना उम्मेदवार हरु चुनावी मैदानमा उत्रिएका छन् ।

माओवादी केन्द्र बाट निलहरी काफ्ले चुनावी मैदानमा उत्रिएका छन् भने काँग्रेसको तर्फबाट राजेन्द्र कार्की चुनावी मैदानमा छन् । त्यसैगरी एमाले बाट श्रवण गिरी र राष्ट्रिय प्रजातन्त्र पार्टी का तर्फबाट बाबुराम कटुवाल वडाध्यक्ष पदको चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरि नेकपा समाजवादी बाट रणबहादुर राजवँशी, जनमत पार्टी बाट कृष्ण मोहन मिश्रा चुनावी मैदानमा उत्रिएका छन् भने स्वतन्त्र उम्मेदवार तर्फ विश्वराज रिजाल, कमरुद्दिन मिया र सञ्जे महतो चुनावी प्रतिस्पर्धामा छन् ।‌

वडा नँ ३ को चुनावी प्रतिस्पर्धामा रहेका ९ उम्मेदवार मध्ये मुख्य ४ दलको प्रतिस्पर्धा अहिले अग्र स्थानमा देखिएको छ । काँग्रेस, माओवादी एमाले र राप्रपा का उम्मेदवार हरु दौडको अग्र स्थानमा देखिएका छन् । काँग्रेस का उम्मेदवार राजेन्द्र कार्की ले लामो समय नेपाली काँग्रेसको गाउँ कमिटी को नेतृत्व सँहालि सकेको अनुभवि नेता हुन् भने एमाले का श्रवण गिरी पनि लामो समयदेखि बिभिन्न सँघ सँस्था हरुको नेतृत्व सँहाल्दै आएका युवा व्यक्तित्व हुन् । त्यसैगरि माओवादी केन्द्र का उम्मेदवार निलहरी काफ्ले यस वडाका शालिन र प्रभाव शाली नेता हुन् उनि अघिल्लो स्थानीय तहको चुनाव मा थोरै मतान्तरले काँग्रेस सँग पराजित हुनु परेको थियो भने राप्रपा का उम्मेदवार बाबुराम कटुवाल अबकास प्राप्त डिएसपी हुन् उनको पनि यस वडामा राम्रो प्रभाव छ ‌ ।