गौरिगन्ज आधारभूत अस्पतालमा एक महिलाले नर्मल डेलिभरी मै जन्माइन् जुम्ल्याहा सन्तान

चैत १६ गौरिगन्ज, । गौरिगन्ज आधारभूत अस्पतालले एक महिलाको जुम्ल्याहा बच्चा नर्मल डेलिवरी गराउन सफल भएको छ । अस्पतालको प्रसुती वार्डले हिजो गौरिगज २ कि हेमरम थर भएकी महिलालाई आफ्नो पहिलो नर्मल डेलिभरी गराएका छन्। उनको गर्भमा रहेका एक छोरा र एक छोरीको जन्म बिना अपरेशन नर्मल भएको हो।

छोरा १५०० ग्राम र छोरी १००० ग्रामको अवस्थामा जन्मेका छन्। यि दुवै बच्चा र आमा स्वस्थ रहेको जानकारी अस्पतालका चिकित्सक र नर्सिङ कर्मचारीले दिएका छन्। प्रसुती वार्डमा कार्यरत रिता कार्की र एलिजा भुजेल नर्सिङ कर्मचारीले सफलतापूर्वक डेलिभरी गराएको कुरा अस्पतालका कर्मचारी अनुप शर्माले जनाएका छन् ।

अस्पतालका चिकित्सकहरूले यो सफल डेलिभरीलाई एक उदाहरणको रूपमा हर्ष व्यक्त गरेका छन् र यस्ता जटिल प्रसवमा कर्मचारीहरूको समर्पण र दक्षता महत्त्वपूर्ण भूमिका निभाएको बताएका छन्। अस्पतालको सेवा र सहयोगका कारण आमा र उनका शिशुहरू सुरक्षित रहेको कुरा अस्पतालका मेसु डा. विश्वास बिक्रम खरेलले जानकारी दिए । सुरक्षित प्रसुती भए पनि दुबै बच्चाको तौल कम भएको कारण ले थप उच्च निगरानी चहिने भएकोले बाल अस्पताल दमक रेफर गरिएको छ ।