असार २८ गौरीगञ्ज । झापाको गौरीगञ्ज मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गौरीगञ्ज १ टुनुबस्तीकी अन्दाजी ६० बर्षकी शीला बुढाथोकीको आज दिउसो मृत्यु भएको कुरा इलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।
खेतमा काम गरेर घर फर्केको अबस्थामा चिसो हातले पँखा चलाउन खोज्दा करेन्ट लागेको हुन सक्ने कुरा स्थानियहरुले बताएका छन् । मृतकको घरमा मोवाइल समेत पड्केको र पँखा समेत जलेको कुरा स्थानियहरुले बताएका छन् । मृतकको शरीरलाइ पोष्टमार्टमका लागि पठाइएको कुरा गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरले जनाएकी छन् ।