चैत १७ गौरीगञ्ज । काठमाण्डौको बायुमण्डलमा देखिएको अस्वभाबिक परिवर्तन लाई मध्यनजर गरि सरकारले चैत २० गतेसम्म देशभरका शैक्षिक सँस्था हरु बन्द राख्ने निर्णय गरेपनि झापाको गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित निजि तथा सँस्थागत बोर्डिङ स्कुल हरु बन्द नहुने भएकाछन् । निजि तथा आवासिय विद्यालय हरुको छाता सँगठन प्याब्सन गौरीगञ्जका अध्यक्ष कमल राजवँशीले झापाको वायुमण्डलमा कुनै प्रतिकुल परिवर्तन नदेखिएको र गत बर्ष लकडाउनका कारण विद्यार्थी हरुको पढाईमा निकै असर परेकाले हामी विद्यालय वन्द गर्ने पक्षमा नरहेको बताएका छन् । आज गौरीगञ्जका सबै बोर्डिङ हरु यथावत रुपमा पढाई हुनेछ । दिउसो शिक्षा समिति को बैठक बस्दैछ । हेरौ अब निर्णय के हुन्छ, त्यहि अनुसार प्याब्सन गौरीगञ्ज अघि बढ्छ”- उनले भने ।
सरकारले गरेको निर्णय बारे छलफल गर्न आज दिउसो शिक्षा समिति गौरीगञ्जको बैठक बस्ने भएको छ । गौरीगञ्ज गाउँपालिका भित्र का सामुदायिक र सँस्थागत बिद्यालयहरु यथावत सञ्चालनमा राख्ने वा ४ दिन बिदा दिने भन्नेबारे बैठकले निर्णय गर्ने कुरा शिक्षा शाखा गौरीगञ्जले गौरीगञ्ज दर्पण लाई बताएको छ । झापाका अन्य पालिका हरु मा समेत बोर्डिङ स्कुलहरु बिदा नहुने बुझिएको छ ।