गौरादह ९ बैगुन्धुराको ३ बर्षे प्रगति बिबरण सार्वजनिक

पढ्न समय: 2 मिनेट

२ भदौ, झापा । गौरादह ९ बैगुन्धुराले मंगलबार पत्रकार अन्तरक्रिया कार्यक्रम आयोजना गरि वडाको गतिबिधी सार्वजनिक गरेको छ । कार्यक्रममा बिगत ३ वर्षदेखिको वडाको उपलब्धि र वडाका आगामी कार्यक्रम तथा भाबि कार्यक्रमहरु बारे जानकारी गराइएको छ । कार्यक्रममा वडा अध्यक्ष सिताराम भट्टराईले बिगत ३ वर्षको वडा गतिविधिको समिक्षा गर्दै सम्पन्न भएका बिकास निर्माणकार्यहरुको बारेमा जानकारी गराएका थिए ।
बडाले दिएको जानकारी अनुसार हालसम्म ग्रामीण सडकमा ५.५ कि. मी. सडक ग्राभेल गरिसकेको देखिन्छ भनें १३.७ कि. मी. कच्ची सडक निर्माण भएको देखिन्छ । सडक स्तरोन्नति तर्फ जिल्ला समन्वय समिति, नगरपालिका, वडा, सहरी बिकास कार्यालय तथा प्रदेश सांसद बाट प्राप्त बजेट करिब २४ कि. मी. सडक स्तरोन्नति भएको देखिन्छ । त्यसैगरी ९ वटा स्ल्याब कल्भर्ट, ६ वटा कल्भर्ट, ६६ वटा पोल खरिद, १५ कि. मी. सडक मर्मत सम्पन्न भएको देखिन्छ । त्यसैगरि वडाले सञ्चालन गरेका अन्य सामाजिक दायित्वमा स्वास्थ्य सिविर सन्चालन, अतिरिक्त बाल कक्षा सन्चालन, बाल बिकास केन्द्र निर्माण, मिलन चौक स्तम्भ, मलामी टहरा, आयुर्वेद भवन, पुरानो स्वास्थ्य चौकी भवन, बाह्य खोप केन्द्र, मठमन्दिरमा भौतिक सुधार लगायतका कार्य गरेको देखिन्छ भनें दातृ निकाय संगको ५ लाख रुपैयाँ साझेदारीको अपेक्षा सहित १० लाखको लागतमा ग्रामिण खानेपानी बिस्तार कार्यक्रम संचालनको लक्ष्य रहेको बताइन्छ ।
हरेक वर्ष सडक संजाल बिस्तार मै संघर्षरत यस वडाले भिन्न भिन्न प्रकृतिका बिकास कार्यक्रमहरु समेत सञ्चालन गरेको वडा अध्यक्ष सिताराम भट्टराई बताउँछन् । करिब १० हजार जनसंख्या रहेको यस वडामा करिव १२२९ घरधुरी रहेका छन् भने प्रत्येक घरमा एम्बुलेन्स सुबिधा पुग्न सकोस् भन्ने उद्देश्यले ग्रामीण सडक बिस्तार तथा स्तरोन्नति गर्ने लक्ष लिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्