गौरादह प्याब्सनलाई इस्टुको कडा चेतावनी, ३२ वटै बिद्यालय बन्द गरेको घोषणा
कार्तिक ४ गौरादह । संस्थागत बिद्यालय शिक्षक संगठन (इस्टु) गौरादह नगरपालिका भित्र रहेका निजि बिद्यालय बन्द गरेको घोषणा गरेको छ । निजि बिद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीलाई लामो समय देखि तलब रोकेर अमानवीय व्यवहार गरेको भन्दै इस्टु गौरादह नगर समितिले आज मंगलबार एक बिज्ञप्ती जारी गरि अनिश्चितकालका लागि बिद्यालयहरु बन्द गर्न बाध्य भएको जनाइएको छ । इस्टु नगर अध्यक्ष सन्जिवबहादुर कार्की र सचिब खेमराज पाण्डे द्वारा हस्ताक्षर गरि जारी गरिएको बिज्ञप्तीमा प्याब्सन झापा र इस्टु झापा बिच भएको सहमति स्मरण गराउदै आफ्नै संगठनको माथिल्लो समितिले गरेको निर्णय अवज्ञा गर्ने छुट गौरादह नगर प्याब्सन लाई नरहेको भन्दै तुरुन्तै तलब उपलब्ध गराउन माग गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्