गौरादह नगरपालिकाले बनायो ५० शैय्याको आफ्नै आइसोलेसन

पढ्न समय: 1 मिनेट

राजु पोख्रेल , २८ साउन झापा । गौरादह नगरपालिकाले ५० बेड क्षमताको आफ्नै आइसोलेसन तयार गरेको छ । कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारबाट सञ्चालित बिराटनगर गोठगाउँ धरान र भद्रपुरका अस्पतालमा बेड खाली नहुँदा पालिकाले आफैँ विरामीलाई होल्ड गरेर उपचार गर्ने गरी आइसोलेसन तयार गरेको गौरादहका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले जानकारी दिए ।
सोमबार संक्रमण पुष्टि भएका ५ जनालाई नगरले आफ्नै आइसोलेसनमा राखेको छ। गौरादह–७ मा रहेको जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनलाई आइसोलेसन बनाइएको ओझाले बताए

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्