• असार ८, २०७९
  • Madan Rajbanshi
  • 0

असार ८, गौरादह । झापाको गौरादह नगरपालिकले आफ्नै छुट्टै आम सञ्चार निती बनाउने भएको छ । नगरपालिकको बुधबार शुरु भएको दसौँ नगरसभमा नगर प्रमुख छत्रपति सुबेदी द्वारा प्रस्तुत बार्षिक निति तथा कार्यकममा सो कुरा उल्लेख गरिएको छ ।

प्रस्तुत बार्षिक निति तथा कार्यक्रको (ड) को सुशासन तथा सार्वजनिक सेवा प्रवाह र क्षमता बिकाश शिर्षकको दोश्रो परिच्छेदमा गौरादह नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका संचारमाध्यमहरु लाई व्यवस्थित बनाउन र नीतिगतरुपमा एकरुपता ल्याउँनेछ भनिएको छ । सोहि परिच्छेदमा आम संचार माध्यम मार्पत नगरपालिकाको गतिविधि सार्वजानिक गर्नका लागि नगरपालिकाले आफ्नै आम संचार ऐन, निति, कार्य विधी र लेखन दिग्दर्शन निर्माण गर्नेछ भनिएको छ ।

नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु बाट हुने सेवा प्रवाहमा छिटो छरितो गुणस्तर र एकरुपता ल्याउन आधुनिक प्रविधी जडान तथा संचालन गरिने छ । नगर कार्यपालिका र कार्यालयका सबै निर्णय सूचना कार्यालयको वेभ साइट रप्रविधिको प्रयोग मार्फत सार्वजनिक गरिने छ भनिएको छ ।


हेर्नुहोस् वार्षिक निती तथा कार्यक्रममा के के छ –


(क) भौतिक पूर्वाधार विकास
१. सडक यातायत एवं आवास क्रमागत रुपमा निर्माण कार्य भईरहेका भौतिक संरचनाहरुको निर्माण कार्य सम्पन्न गरीनेछ र नियमित मर्मत संभारका लागी रकम विनियोजन गरिनेछ । नगरक्षेत्रका सबै मुख्य बजारहरुलाई जोड्ने सडकहरुलाई कालोपत्र गरीनेछ ।
नगर भित्रका सबै वडाहरुको मुख्य सडक नगरपालिकाको मुख्य प्रशासनिक भवन जोड्ने सडकहरुलाई क्रमश कालोपत्रे गरीनेछ ।

नगरका सबै मुलसडकहरुको स्तरवृद्धि गरिनेछ। मुख्य वजारलाई जोड्ने सडकको दुवै तर्फ ढलको निकासलाई सडक निर्माणको अभिन्न अङ्ग बनाईनेछ ।

वडा नं. २ र ९ जोड्ने कृष्णे खोलामा र वडा नं. १ र ४ लाई जोड्ने चैतु चौक पश्चिम गेउरिया खोलामा आ.व ०७९.८० बाट सिङ्गल लेन पुल निर्माण प्रारम्भ गरीनेछ ।

नगरक्षेत्र भित्र आवश्यकता अनुसार क्रमस कलर्भट, झोलुङ्गे पुल, ट्रस्ट ब्रिज निर्माण गर्न पहल गरिनेछ ।

वडा न. ८ र ९ लाई जोड्ने कृष्णे खोलामा झोलुङ्गे पुल निर्माण कार्य प्ररम्भ गरिनेछ ।

नगरपालिका भित्रका वस्तीवाट नजिकको मुख्यबजार र छिमेकी गाउपालिका वाट गौरादह नगरपालिका नजिकका मुख्यवजार आवतजावत गर्न सडकहरु यातायातका साधन चल्न सक्ने योग्य बनाईनेछ ।

नगरपालिका भित्रका मुख्य बजारहरु र चौकहरुमा सवारी साधन पार्किङ स्थलको व्यवस्था मिलाईनेछ ।

२. शहरी तथा ग्रामिण पूर्वाधार तथा भू-उपयोग

नगरपालिकाको मुख्य प्रशासनिक भवनको दक्षिणपट्टि रहेको नगरपालिकाको जग्गा र वडा कार्यालयहरुको क्षेत्र र नगरपालिकाको स्वमित्वमा रहेको जग्गामा घेरावारा गरीनेछ। सार्वजनिक, ऐलानी, पर्ति जग्गाको अभिलेख तयारी गरी अतिक्रमण हुन रोक्ने प्रवन्ध गरिनेछ

दैनिक तथा साप्ताहिक हटिया लाग्ने बजारहरुलाई थप व्यवस्थित गर्दै लगिनेछ । नगरक्षेत्रमा निर्माण हुने सबै प्रकारका घरहरुको नक्सापासगरेरमात्र बनाउने र नक्सा पास नगरी बनाएका घरहरु लाई समय अवधि तोकी अभिलेखिकरण गर्ने कार्य गर्ने गराईनेछ ।

लागत सहभागिता बढी जुट्ने योजनाहरुलाई प्रथमिकता दिईनेछ । वडा नं. १ कार्यालय रहेको स्थानमा सार्वजनिक निजि सामुदायिक साझेदारीमाव्यापारिक भवन निर्माण गर्नका लागी प्रारम्भिक कार्य सुरु गरिनेछ । भू उपयोग योजना निर्माण गरि कार्यन्वयनमा ल्याईनेछ ।

पूर्वाधारका संरचनाहरु निर्माण गर्दा अपाङ्ग मैत्री बनाईनेछ गरिनेछ ।

साविक महारानीझोडाको जग्गा सम्बन्धी समस्या, भूमिहिन दलित तथा सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासी जग्गालाई व्यवस्थित गर्न गठित भूमि आयोग सगँ समन्वय र सहकार्य गरी समस्या समाधान गरिनेछ ।

३. पर्यटन

. गौरादह बजारमा रहेको पोखरी लाई डि.पि.आर वमोजिम सौदर्यीकरण गरि पर्यटकीय गन्तव्य स्थालको रुपमा विकास गर्न संघीय तथा प्रदेश सरकारलाई अनुरोध गरिनेछ ।

गौरादह नगरपालिका भित्र रहेका पर्यावरण, कृषि प्रणाली, संस्कार संस्कृतीलाई पर्यटन सँग आवद्ध हुने गरी कार्यक्रमहरु संचालन गर्न सहजीकरण गरीनेछ ।

• पर्यटकीय क्षेत्रहरुको विकास विस्तार र गन्तव्य स्थलहरु संरक्षण सम्बद्ध गर्ने नीति लिइनेछ ।

स्थानिय कला संस्कृति सहितको होम स्टे संचालनका लागि सहयोग गर्ने नीति रहनेछ ।

स्थानिय कला संस्कृति तथा चाड पर्वहरुलाई जीवन्त राख्न आवश्यक सहयोग गरिने छ ।

४. उर्जा

राष्ट्रिय प्रशारणलाईननपुगेका स्थानहरु विधुतिय सेवा पुन्याउन र संचालन गर्न विधुत प्राधिकरण सँग सहकार्य गरीनेछ ।

टोल विकास संस्था अगुवाईमासडकबत्तीको नियमित मर्मत सुधार र विधुत महसुल स्थानीय उपभोक्ताहरुलेनै व्यहोर्ने गरी सडक बत्ति जडा गर्ने नीति लिईनेछ । नविकरणीय उर्जाको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गरिनेछ ।

परम्परागत उर्जाका श्रोतहरु गुईठा, दाउरा आदिको प्रयोगलाई न्यूनिकरण गरिनेछ ।

पेट्रोलिय पदार्थबाट प्राप्त हुने उर्जाखपतलाई न्यूनिकरण गर्न नविकरणीय उर्जा र विद्युतीय उर्जाको प्रयोग लाई प्रोत्साहन गरिनेछ ।

(ख) कृषि तथा पशुपन्छी

कृषि कार्यका लागि महत्वपूर्ण सिंचाई सुविधा विस्तारका लागी हाल भईरहेको सिचाईका श्रोतहरु तथा कुलो पैनी मर्मत संभार र व्यवस्थापन गरी अधिकतम उपयोगी बनाईने छ। • नगरक्षेत्रका सतहमा पानीका स्रोत भएका स्थानहरुबाट सिचाई सुविधा विकास र विस्तारका लगी संभाव्यता अध्ययान गर्ने गराईने छ।

कृषि योग्य जमिनको पहुँचलाई ध्यानमा राखी कृषि विधुतीकरण मार्फत पाँच वर्ष भित्र सतह सिचाँईवाट सिंचित हुन नसक्ने क्षेत्रमा भूमिगत सिंचाई प्रणालीको उपयोग गरी सिंवाई सुविधा पुर्याईनेछ ।

उन्नत विउविजनको सुलभ व्यवस्थापन गरिनेछ। निशुल्क माटो परिक्षणको सुविधा उपलब्ध गराईनेछ ।

कृषि सहकारीलाई प्रवर्दन गर्ने र कृषि उत्पादनलाई मुल्य श्रृंखलाको आधारमा बजार सँग आवद्ध गरिनेछ । पोषणयुक्त खाद्य सुरक्षाका लागि कृषिजन्य उत्पादनको आयात प्रतिस्थापन गर्न कृषि सहकारी, सामुहिक खेती प्रणाली वाट अभियान संचालन गर्न प्रोत्साहित गरिनेछ ।

हाल वडा नं. ४ र ५ मा संचालनमा रहेको सामुहिक खेती प्रणालिको अवधारणालाई अरु वडाहरुमा पनि विकास र विस्तार गर्न प्रोत्साहित गरिनेछ । महिला कृषक समुहलाईकृषि यान्त्रीकरण कार्यक्रम आबद्ध गर्ने नीति लिईनेछ ।

खाद्य सुरक्षा र किसान उत्पादित खाद्यन्नको मूल्य श्रृङखलामा वृद्धिहोस भनि ५०% लागत साझेदारीमा खाद्य गोदाम निर्माणका लागी कृषि समुह एवमसहकारीहरुलाई प्रत्साहित गरिनेछ आ.व ०७९५०८० मा गौरादह-५ मा महारानीझोडा साना कृषक सहकारी सँग सहकार्य गरीनेछ। कृषिकार्य र पशुपक्षी पालन कार्य आधुनिकिकरण गर्दै सम्भाव्यताका आधारमा पकेट क्षेत्र जस्ता कार्यक्रमहरु कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण र पशु विज्ञ केन्द्रहरु सँग सहकार्यमा व्यवसायमूलक कार्यमा परिणत गर्न प्रोत्साहित गरिनेछ ।

कृषि प्राविधीक खेतबारीमा र पशुपंछी सेवा प्राविधिक गोठ, खोरमा नै पुगी सेवा उपलब्ध गराउने व्यवस्था मिलाईने छ ।

कृषि प्रणालीलाई वैज्ञानिकिकरण गर्न स्वदेशी तथा विदेशी सरकारी तथा गैर सरकारी संस्थाहरु सँग सहकार्य गरी कृषि अनुसन्धानको कार्य गर्न चाहने कृषि वाली उत्पादन सँग सम्बन्धीत संस्थालाई सहयोग र सहजिकरण गर्ने नीति अवलम्बन गरीन्छ।

कृषि यान्त्रिकरणका लागी कृषि सहकारी वा कृषक समुहहरु सँग एकै थलोबाट कृषि उपकरणहरु न्यूनतम भाडा दरमा पाउने गरी संञ्चालन व्यवस्थापन गर्नलाई सहकारी संस्था तथा गैर सरकारी निकायहरु सँग समन्वय गरी आवश्यक सहयोग गरिनेछ ।

प्राङ्गारीक कृषि उत्पादनलाई प्रोत्साहित गर्ने नीति रहनेछ। आ.व ०७९५०८० मा वडा नं. ७ मा प्राहारीक, जैविक मल उत्पादनका लागी मेसिनरी उपकरण व्यवस्था गरिनेछ ।

नगरपालिकालाई दुध र मासुमा आत्मनिर्भर बनाउन पशुपंक्षी व्यवसायलाई प्रोत्साहन गरीनेछ । पशु विमा र बाली विमा कार्यक्रमलाई नगरक्षेत्र भित्र प्रभावकारी बनाईनेछ ।

नगरकार्यपालिकाको कार्यलय वडा कार्यलय बाट कृषि र पशुपन्छी सेवा सँग सम्बन्धित यन्त्र उपकरण तथा सामाग्रीहरु उपलब्ध गराउँदा कम्तिमा ५०% लागत साझेदारी हुनु पर्ने निती रहनेछ ।

पशुनस्ल सुधार कार्यक्रम गुणस्तरिय र विश्वसनिय बनाउँदै लगिनेछ ।

गौरादहलाई माछा निर्यात गर्ने नगरपालिकाको रुपमा विकास गर्न माछा क्षेत्र निर्माण गर्न निजी तथा सार्वजनिक पोखरीहरुलाई प्रवर्द्धन तथा व्यवसायिकरण गर्न प्रोत्साहन गरिनेछ ।

मौरीपालनको संभाव्यता पहिचान गरी मौरीपालन खेतीलाई प्रोत्साउन गरीनेछ ।

खोला नदि उत्कास जमिनमा बगर खेतीलाई प्रोत्साहित गरिनेछ ।

कुकुर नियन्त्रणका गर्नवध्याकरण कार्यलाई निरन्तरता दिईनेछ ।

माछा, मासु पसल सुधार कार्यक्रम संचालन गरिनेछ ।

कृषिउपज बजारहरुलाई क्रमस व्यवस्थित गर्दै लागिनेछ ।

(ग) सहकारी तथा उधोग

सहकारी संस्थाहरुको नियमित अनुगमन, निरिक्षण मूल्याइन तथा नियमन गरिनेछ । एकै प्रकृतिका दुई वा दुई भन्दा वढी सहकारी संस्थाहरु एकिकृत हुनका लागी प्रोत्साहन गरिनेछ ।

लघुउद्यमलाई प्रविधी हस्तान्तरणको कार्यक्रम संचालन गरीनेछ । लघुउद्यम विकासका लागी उद्यमीहरुको स्तरउन्नतीका लागी एडभान्स तालिम संचालन गरिनेछ ।

नयाँ लघुउद्यमी सिर्जना गर्ने कार्यक्रमहरु संचालन गरीने छ ।

महिला लघु उद्यमीहरुलाई C.T.E.V.Tको पाठ्यक्रम अनुसारको सिप सिक्न प्रोत्साहित गरिनेछ।

गौरादह नगरपालिकामा रहेक साना उद्योगहरु र स्थानीय फर्निचर ऊधोग लाई आवश्यक पर्ने स्थानीय कच्चा पदार्तको सहज आपूर्ति गर्न गराउँन सरोकारवाला निकायहरु संग समन्वय गरिनेछ ।

(घ) सामाजिक विकास

१. शिक्षा, युवा तथा खेलकुद

मापकयोग्य सूचकका आधारमा विद्यालयको अनुगमन मूल्याङ्कन गरेनेछ ।
नगरपालिका क्षेत्र भित्र रहेका सबै सामुदायिक बिद्यालयहरुलाई क्रमसः भौतिक र प्राविधिक रुपले सम्पन्न गराईनेछ।

आधारभूत तहको लागी स्थानीय तहको पाठ्यक्रम निर्माण गरी लागु गरिनेछ। विद्यालय उमेर समुहका सबै बालबालिकाहरुलाई विद्यालय भर्नाका लागी सहज वातावरण श्रृजना गरीने छ ।

प्रविधीक शिक्षा परिषद् (C.T.E.V.T) को पाठ्यक्रम अनुसारको प्रविधिक शिक्षा कक्षा ११ र १२ विद्यालयमा संचालन गर्न सहजीकरण गरिनेछ ।

विद्यार्थी संख्याको आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने तथा विद्यार्थी संख्या र विद्यालयको दुरीको आधारमा विद्यालय गाभ्ने कार्य गरिनेछ ।

शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न स्थानीय शिक्षा ऐन निर्माण गरी लागु गरिनेछ । लोपउन्मुख, सिमान्कृत विपन्न वर्गका माध्यमिक स्तर पास गरेका ११.१२ कक्षा प्राविधिक विषयमा अध्ययान गर्न चाहाने जेहन्दार विद्यार्थीकालाई सहज अध्यायन गर्न सक्ने अवस्था निर्माण गरीनेछ ।

आवश्यकता अनुसार शिक्षकहरुले विद्यार्थीहरुलाई यसरी सिकाउने भन्ने विषयमा प्रशिक्षक प्रशिक्षण तालिम दिई प्रशिक्षक उत्पादन गरी तालिमहरु संचालन गरीनेछ।

विद्यालयहरुमा योग समिती गठन गरी सोको माध्यमबाट योग शिक्षालाई अतिरिक्त क्रियाकलाप सँग आबद्ध गरिनेछ ।

सबै विद्यालयहरुको बार्षिक कार्यक्रम र कार्य योजना अनिवार्य रुपमा नगरपालिकाको कार्यालयमा पढाउनु पर्ने र उक्त कार्यक्रम तथा कार्य योजनाको आधारमा विद्यालयको अनुगमन मूल्याङ्कन गर्ने गराउने नीति लिईनेछ ।

धार्मिक विद्यालयहरुलाई शैक्षिक मूलप्रवाहमा समाहिकरण गर्नका साथै त्यस्ता विद्यालयहरुको भौतिक तथा शैक्षिक सुधार गर्ने नीति अवलम्बन गरिनेछ ।
सामुदायिक अध्यायन केन्द्रहरुलाई प्राविधीक धारको शिक्षा अध्ययन गर्न पहल गरिनेछ । सबै संस्थागत विद्यालयहरु सँग गरीब तथा जेहन्दार विद्यार्थीलाई निशूल्क तथा छात्रवृतीमा अध्ययन गर्ने व्यवस्था मिलाउन सहकार्य गरिनेछ ।

संस्थागत विद्यात्तयहरुमा भएको विविधतालाई न्यूनिकरण गर्दै विद्यालयले दिने सुविधामा एकरुपता ल्याउन पहल गरिनेछ ।

मौजुदा पुस्तकालयहरुको स्तर उन्नती गर्दै ई-लाईब्रेरीको रुपमा विकास गर्ने पहल गरिनेछ ।

गौरादह बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आइगिक क्याम्पस बनाउने प्रयत्न गरीनेछ। नगरस्तरिय खेलकुद सामिति मार्फत नगरका संचालन हुने खेलहरुको व्यवस्थापन गरिनेछ ।

वडा नं. ३ मा भएको सामुदायिक भवनलाई कभर्डहलको रुपमा विकास गरी इन्डोर खेल संचालन गर्न गराउनका लागी गौरादह उद्योग वाणिज्य सँग सहकार्य गर्ने निती रहनेछ । • उपयुक्त स्थानमा संघिय प्रदेश सरकार सँग सहयोग लिई रगंशाला निर्माणका लागी प्रयास गरीनेछ ।

(ङ) स्वास्थ्यः

संघिय सरकारको सबै पालिकाहरुमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने कार्यक्रम अनुसार उपर्युक्त स्थानमा जग्गा प्राप्त गरी निर्माण प्रकृया अगाडी बढाइनेछ ।

गौरादह स्वास्थ्य केन्द्रलाई तत्कालका लागि ५ बेडको अस्पतालको बनाई स्वास्थ्य विमा कार्यक्रम आ.ब २०७९/८० बाट सुरु गरिनेछ ।

मापदण्ड पुगेका निजि क्षेत्रबाट संचालित अस्पताल लाई स्वास्थ्य बिमा कार्यक्रम संचालन गर्न सहजीकरण गरिने छ।

निर्वाचित नगर प्रमुख र नगर उप प्रमुखले पदभार ग्रहण गर्नु भएको दिन कार्यपालिका बैठक बाट निर्णय गरे अनुसार गौरादह नगरपालिका भरिका विपन्न वर्गका गर्भवती आमाहरुलाई झापाको दमक, विर्तामोड, सुनसरीको धरान र मोरङ्गको विराटनगर सम्म अस्पतालहरुमा सुत्केरी गर्न गराउन लैजान निःशुल्क ऐम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

बढी भन्दा वही नगरवासीहरुलाई स्वास्थ्य विमा कार्यक्रममा आबद्ध गर्न सचेतना मुलक तथा प्रोत्सहान हुने कार्यक्रम संचालन गरिने छ ।

• महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई एक पटक स्वास्थ्य विमा गराउने कार्यक्रमलाई निरन्तरता दिइनेछ । साथै | सेवा अवधी समाप्त भएका र छिडी जाने महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रोत्साहन रकम सहित विदाई गराईनेछ। सुत्केरी महिलालाई २ सन्तान जन्मदा प्रत्येक पटक रु २०००/- पोषण खर्च दिने कार्यक्रमलाई निरन्तरता दिइने छ ।

विपन्न नागरिक उपचार सहायता कोष अनुसार मध्ये स्वास्थ्य मन्त्रालयबाट तोकेको मापदण्ड अनुसारका विरामीलाई एक पटक यातायात खर्च वापत सहयोग स्वरुप रु ५०००/- मात्र उपलब्ध गराइने छ । यस्तो सहयोगलाई गरिवी परिचय पत्रसँग आवद गरिनेछ र मासीकरुपमा नामावली प्रकाशन गरिनेछ ।

पूर्ण खोप, पूर्ण पोषण युक्त र पुर्ण संस्थागत सुत्केरी कार्यक्रमहरुलाई प्राथमिकता का साथ संचालन गर्ने गराइने छ ।

खोप केन्द्र र गाँउ घर क्लिनिक लाई व्यवस्थित गर्दै लगिने छ । कम्तिमा ३ वटा स्थानमा आरोग्य केन्द्र संचालनमा ल्याइने छ ।

आयुर्वेद स्वास्थ्य विमा संचालन र आयुर्वेद अस्पताल निर्माण को संभाव्यता अध्ययन गरिने छ । महिला स्वास्थ्य स्वयमसेविका तथा स्वास्थ्यकर्मीहरुको परिचालनवाट नागरिकहरुको स्वास्थ्य अवस्थाको अभिलेख व्यवस्थित गरिनेछ ।

(च) खानेपानी

संचालनमा रहेका खानेपानी उपभोक्ता संस्थाको क्षेत्र विस्तार, शुद्ध पानी वितरणमा र निर्माणधिन खानेपानीहरु लाई सम्पन्न गर्न सहयोग गर्ने नीति लिइने छ ।

विपन्न तथा सिमान्तकृत वर्गलाई खानेपानीको मिटर खरिद र विद्युत मिटर खरिदमावड़ा स्तर बाटै सहयोग गरिनेछ ।

(छ) भाषा कला साहित्य धर्म संस्कृति

भाषा कला संगित तथा संस्कृतिको एकिकृत विकास विस्तार तथा संरक्षण लाई संस्थागत व्यवस्था मिलाइने छ ।

नगर क्षेत्रका सबै धर्म समुदायका आस्था र विश्वासका केन्द्रहरुलाई संरक्षण सम्बर्द्धन गर्ने नीति लिइने छ ।

लोप उन्मुख बाजा गाजा संस्कृति पहिरन र परम्पराहरुलाई विशेष संरक्षण गर्ने नीति लिइने छ ।

(ज) लक्षित बर्ग विकास कार्यक्रम

१. महिला बालबालिका तथा जेष्ठ नागरिक:

महिलाहरुको सिप र क्षमता अभिवृद्धि तथा सिपमुलक तालिमको व्यवस्था गरी स्वरोजगारका अवसर श्रृजना गरिने छ । संविधानले निर्दिष्ट गरेको न्युनतम महिला संख्यालाई सुनिश्चित गरिने छ ।

घरेलु हिंसा मुक्त नगरपालिका निर्माणका लागि सचेतनामुलक, कानुनी उपचार मुलक कार्यक्रम संचालन गर्ने नीति लिइने छ ।
उद्यमी महिलाहरुलाई प्रोत्साहन, प्रेरणा मुलक, प्रविधि हस्तान्तरण जस्ता कार्यक्रम संचालन गर्ने नीति लिइने छ ।

बालमैत्री नगर निर्माणको कार्य प्रारम्भ गरिने छ । दमक ७ मा निर्माण भइरहेको…. बाल अस्पताल निर्माणमा सहयोग गरिनेछ ।

जेष्ठ नागरिकहरुको अनुभव र ज्ञानलाई स्थानिय विद्यालय स्तरका विद्यार्थीहरुमा पुस्ता हस्तान्तरणको कार्यक्रम संचालन गर्ने नीति लिइनेछ । ७० वर्ष काटेका जेष्ठ नागरिकलाई नगरपालिका का स्वास्थ्य संस्थाहरु बाट प्रदान गरिने स्वास्थ्य परिक्षण निःशुल्कगरिनेछ । .
वर्षमा एक पटक नगरपालिका स्तरमा जेष्ठ नागरिक सम्मान तथा मनोरञ्जन कार्यक्रम संचालन गरिने छ ।
श्रममा महिलाको समान ज्यालाको हक कार्यान्वयनमा ल्याउने नीति रहने छ ।
असाय वेवारिसे र हिंसा पिडित महिलाहरुलाई सेफहाउसको व्यवस्था मिलाइने नीति लिइने छ ।

(झ) अपाङ्ग अशक्त तथा असहाय

अपाङ्गता भएका व्यक्तिहरुलाई सिपमुलक व्यवसायिक तालिम को व्यवस्था मिलाइने छ। ग र घ वर्गका अपाङ्ग परिचयपत्र बालहरुलाई एक पटकका लागि स्वास्थ्य विमा गरिदिने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

(ज) विपन्न दलित, आदिवासी जनजाती मधेशी मुस्लिम पिछडा वर्गका लागि

विपन्न, दलित, आदिवासी, जनजाती मधेशी मुस्लिम र महिलाहरुका लागि लोक सेवा तयारी कक्षा संचालन गरिने छ । सिभिल ओभरसियर, अ.न.मि स्टाफ नर्स जे.टि.ए. र पशु र कृषि अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई सहज अध्ययन को व्यवस्था मिलाइने छ ।
(ट) वातावरण र विपद व्यवस्थापन तथा फोहोर मैला व्यवस्थापन

गौरादह नगरपालिकाको विकास योजना तयार गर्दा सम्भावित विपद्‌को लेखाजिखा समेत गर्नु पर्ने भएकोले नगरपालिकाले वडागत विपद् पहिचान तथा नक्साइन तयार गर्नेछ । • नदि उकास भएका जग्गाहरुमा वृक्षारोपण कार्यक्रम संचालन गर्ने नीति लिइने छ ।

सड़क निर्माण गर्दा बाटोको दुवै पट्टि स्थानिय बासिन्दाहरुले छुट्याउने संरक्षण गर्ने गरी वृक्षारोपण कार्यक्रम संचालन गर्ने नीति लिइने छ ।

• निजी वन लगाउने वा अरुवाली सरह वृक्षारोपण गर्ने कामलाई प्रोत्सहीत गर्ने नीति अवलम्बन गरीने छ ।

जलाधार क्षेत्रको संरक्षणका लागि प्राकृतिक पोखरी संरक्षण र वृक्षारोपण लाई प्रोत्सहित गरिने छ 1

गौरादह नगर भित्रका सिमसार क्षेत्रको विकास विस्तार र संरक्षण गर्ने नीति अवलम्बन गरिने छ ।

घर निर्माण गर्दा प्रत्येक घरले आफ्नो आँगन वा बारिमा २ वटा रुख विरुवा हुर्काउनु पर्ने गरी घर नक्सा पासमा आवद्ध गरिने छ ।

विपद् व्यवस्थापनका लागि विपद् प्रतिकार्य योजना निर्माण गरिने छ । • विपद व्यवस्थापन कोषमा आवश्यक रकम व्यवस्था गरिने छ ।

वाडीवाट हुने कटान ढुवान र आगलागी जस्ता प्रकोप बाट सुरक्षित रहन संचेतना मुलक कार्यक्रम संचालन गर्ने र पूर्व सावधानीका उपायहरु अवलम्बन गरिनेछ ।

आपतकालिन उद्वार तथा राहतका लागी आवश्यक सामाग्रीको भण्डारणको व्यवस्था गरिने छ प्रकोपको समग्रमा सरोकारवाला, सरकारी एवं गैर सरकारी र स्थानिय सघ सस्थासँग समन्वय गरी उद्वार, राहत एवं पिडितलाअस्थायी बसोवासको व्यवस्थापन गरिनेछ ।

प्रकोप उदार व्यवस्थापन तथा संचेतना कार्यक्रम संचालन गर्न रेडक्रस, लायन्स, लियो लगायतका समाजसेवी संस्थाहरु सँग समन्यव गरी आवश्यक स्वयम सेवक जनशक्ती तयार गरीनेछ।

(ठ) फोहोर मैला व्यवस्थापन

फोहोरलाई स्रोतमानै जैविक तथा अजैविक वर्गिकरण गर्न टोल विकास संस्था तथा समुदाय स्तरमा कार्यक्रम संचालन गरिनेछ । जनधनत्व अनुसार क्षेत्र विभाजन गरि फोहोर मैला सफाइ शुल्क संकलन गर्ने कार्य नीति कार्यन्वयन गरिने छ । नगरक्षेत्रको फोहोर संकलन र उत्सर्जन कार्य गरी हाल काम गरि रहेको संस्था सँग आपसी समन्वय र छलफल बाट निजको सेवा शुल्क निर्धारण गरि नगर क्षेत्रको फोहरमैला संकलन व्यवस्थापनको कार्य गरिनेछ ।

फोहोर मैला उत्सर्जन केन्द्रलाई सुरक्षित र व्यवस्थित गर्ने कार्य गरिने छ ।

(ड) सुशासन तथा सार्वजनिक सेवा प्रवाह र क्षमता विकास

यस नगरपालिकाले गर्ने विकासका क्रियाकलापला मापन गर्नसक्ने गरि अधिल्ला २ वर्षको समय समिक्षा गर्दै आगामी वर्षको कार्यक्रम र बजेट निर्धारण गर्ने मध्यकालिन खर्च संरचना विधीको पालना गरिनेछ ।

गौरादह नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका संचारमाध्यमहरु लाई व्यवस्थित बनाउन र नीतिगतरुपमा एकरुपता ल्याउँनेछ । आम संचार माध्यम मार्पत नगरपालिकाको गतिविधि सार्वजानिक गर्नका लागि नगरपालिकाले आफ्नै आम संचार ऐन, निति, कार्य विधी र लेखन दिग्दर्शन निर्माण गर्नेछ ।

नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु बाट हुने सेवा प्रवाहमा छिटो छरितो गुणस्तर र एकरुपता ल्याउन आधुनिक प्रविधी जडान तथा संचालन गरिने छ । नगर कार्यपालिका र कार्यालयका सबै निर्णय सूचना कार्यालयको वेभ साइट रप्रविधिको प्रयोग मार्फत सार्वजनिक गरिने छ

विद्युतिय हाजिरीको व्यवस्था गरिने छ ।


कर्मचारीले सम्पदान गर्नु पर्ने काम, समयको पालना, तदारुकता कामको गुणस्तर सँग आवढ़ गरी मुल्याङ्कन गर्ने र उक्त मुल्याङ्कनलाई दण्ड र पुरस्कारसँग आवद्व गरिने छ ।
नगरपालिकाले सम्पादन गर्नुपर्ने कामका लागि आवश्यक न्युनतम जनशक्ति र विद्युत उर्जाको पर्याप्तता र निरन्तरता हुने व्यवस्था मिलाईने छ ।

नगरपालिकाको आन्तरिक आय संकलनका दायराहरु फराकिलो पारी वैज्ञानिक कर प्रणाली लागु गरिने छ ।
नगरपलिकाका निर्णयहरु कार्यान्वयन गर्न र नगरको सुरक्षा व्यवस्थाका लागि नगर प्रहरीको व्यवस्था गरिने छ ।

आवश्यकता अनुसार स्थानिय ऐन, नियम, कार्यविधिहरु निर्माण गरिने छ । • अनुगमन कार्य निरन्तर गर्ने र सोको अवस्था बारे कार्यापालिकामा छलफल गर्ने र थप व्यवस्थित गर्ने कार्य गरिने छ ।

राजस्व सुधार योजना, क्षमता विकास योजना, आवधिक योजना, भू-उपयोग कार्ययोजना र नगर सडक संजाल प्रतिवेदनलाई कार्यान्वयनमा ल्याइने छ । नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य कार्यालयहरुको संस्थागत क्षमता विकास र जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास कार्यक्रमहरु संचालन गरिने छ । टोल विकास संस्थाहरुलाई व्यवस्थित गरी परिचालन गरिने छ ।

वडा स्तरमा गुनासो सुनुवाइ र संबोधन कार्यक्रम संचालन गरिने छ ।

महिनाको एक पटक ४ घण्टा स्थानिय रेडियोमा नगरवासीसँग नगर प्रमुख कार्यक्रम संचालन स्थानिय रेडियोबाट संचालन गरिने छ ।

वडा स्तरको मेलमिलाप समिति र न्यायिक समितिको क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिने छ ।

न्यायिक समितिबाट सम्पादन हुने कार्यहरुका लागि थप चुस्तदुरुस्त बनाइनेछ ।

नियमित बजार अनुगमन तथा उपभोक्ता सचेतना कार्यक्रम संचालन गर्न सरोकारवाला निकायहरुसँग समेत समन्वय गरी सो कार्यलाई अझ प्रभावकारी बनाईनेछ ।

उपभोक्ता सचेतना शिक्षालाई वडागत रुपमा अभियानको रुपमा संचालन गरिनेछ ।

(ड) गरिवी निवारण तथा रोजगारी श्रृजना

गरिव घर परिवार तथा व्यक्तिहरुको तथ्याङ्क संकलन गरि गरिव परिचय पत्र वितरणमा समन्वय गरिने छ ।
नगरक्षेत्र भित्रका बेरोजगारहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध गरी न्यूनतम रोजगारी सृजना गरिनेछ । सिपमुलक कार्यक्रमहरु संचालन गरी स्वरोजगार हुन सक्ने अवस्था सृजना गरिनेछ । .

रोजगारहरु संध्या संकलन, बेरोजगारहरुलाई रोजगारी श्रृजनाका लागि सिप विकासका कार्यक्रमहरु संचालन गर्ने नीति लिइनेछ ।

रोजगार सूचना केन्द्रको सुदृढिकरण र वैदेशिक रोजगारीमा जानेहरुका लागि सिप बिकास र सहजिकरण गर्ने नीति लिइनेछ ।

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको ज्ञान शिप र पुँजीको सदुपयोग गर्न गराउन सहजकिरण गर्ने नीति रहनेछ । • युवा स्वरोजगार कोष लगायतका संस्थाहरु सँग सहकार्य गर्ने नीति रहने छ ।

मजदुरहरुलाई कार्यस्थलमा कार्य सुरक्षाका लागी व्यवसायिक सुरक्षाजन्य सामाग्रीहरु प्रयोग गर्न प्रोत्साहित गरिनेछ ।