बहुविवाह गरेको आरोपमा एकजनालाई बिहिबार विवाह स्थलबाटै गौरादह प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेमा इटहरी १९ का साजन चौधरी रहेका छन। जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
चौधरी लाई गौरादह-२ कि एक युवतीसंग विवाह गरि अन्माउने बेलामा पक्राऊ गरिएको हो । स्थानीयका अनुसार चौधरीकी पहिलो पत्नीले सम्बन्धविच्छेद गर्न २०७२ सालमै मुद्दा हालेकी थिईन। मुद्दा विचाराधीन अवस्थामै रहेछ´ एक स्थानीयले भने-
छलेर विवाह गर्न खोजेको रहेछ।´
बेहुला र बेहुलाको बाबुलाई ईलाका प्रहरी कार्यालय दमक लगिएको छ। जन्ती बोकेको बसलाई ईलाका प्रहरी कार्यालय गौरादहमा राखिएको छ ।
तस्बिर – सजल सन्देश