झापा, कार्तिक १: झापाको गाैरादहका अर्का संक्रमितको मृत्यु भएको छ । गाैरादह १ बेलडाँगीका ६९ बर्षीय पुरुषको मृत्यु भएको हाे । उनको दाहसंस्कार गरेपछि मात्रै पाेजेटिभ भएको रिपोर्ट आएकाे थियोे । असाेज २८ गते नाेबेल अस्पतालबाट डिस्चार्ज भइ घरमै रहेका उनको त्यहीँ दिन स्वाब संकलन गरिएको थियोे । संक्रमितको २९ गते नै निधन भएको थियोे , तर रिपोर्ट भने ३० गते मात्रै आएकाे गाैरादह नगरपालिका स्वास्थ्य शाखाका सहसंयाेजक गाेविन्द श्रेष्ठले जानकारी दिए ।
यस अघि गौरादह १ का एक ५२ वर्षिय पुरुषको सँक्रमणका कारण मृत्यु भइसकेको छ भने यो सँगै गाैरादहमा २ संक्रमितको मृत्यु भएको छ । ४४ जनामा संक्रमण पुष्टि भएको छ ।