गौरादहमा पनि साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय

पढ्न समय: 1 मिनेट

बैशाख १५, गौरीगञ्ज । झापा लगायत देशभर कोरोना सँक्रमण बढ्न थालेपछि झापाको गौरादह नगरपालिका मा समेत साप्ताहिक हाट बजार तथा शैक्षिक संस्था हरु बन्द गराउने औपचारिक निर्णय गरिएको छ ।
मँगलबार नगरपालिका मा बसेको सर्वपक्षिय बैठकले सो निर्णय गरेको कुरा नगरपालिका ले जनाएको छ ।
बुधबार नगरपालिका ले एक सुचना जारी गर्दै वडाहरुमा सञ्चालन हुने साप्ताहिक हाट बजार र भौतिक उपस्थिति मा सञ्चालन हुने सम्पुर्ण विद्यालय र परीक्षा का कार्यक्रम हरु बैशाख मसान्तसम्म स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्