असोज १२ झापा । झापाको गौरादह नगरपालिकामा एक बृद्धाको हत्या गरिएको अबस्थामा लाश फेला परेको छ ।
गौरादह नगरपालिका वडा नं १ की ६५ वर्षिया मनमाया भण्डारीको उनकै घरभित्रको खाटमुनि दुवै हात पछाडि बाधिएको अबस्थामा लाश फेला परेको हो । घटनाबारे जानकारी प्राप्त भएको र त्यसबारे अनुसन्धान गर्नका लागि आफ्नो नेतृत्वमा घटनास्थलतर्फ टोली जाँदै गरेको कुरा जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्