चैत १५ काठमाडौं । गृहमन्त्री रबि लामिछानेको निर्देशन पछी प्रहरी प्रधान कार्यालयले सादा पोसाकमा प्रहरी परिचालन नगर्न देशैभरका प्रहरी कार्यालय हरुमा सर्कुलर गरेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार प्रहरी प्रधान कार्यालयले उपत्यका प्रहरी कार्यालय र सबै प्रदेशमा सर्कुलर गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
सादा पोसाकमा खटिने (घुमुवा) प्रहरी गैर व्यावसायिक काममा संलग्न हुने गरेको गुनासोपछि गृहमन्त्री लामिछानेले आईजीपी वसन्त कुँवरलाई त्यसबारे सर्कुलर गर्न भनेका हुन् । सादा पोशकाका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरेर नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन सर्कुलर गरिएको छ ।
अपराध अनुसन्धान शाखामा कार्यरत बाहेक अन्य प्रहरी कर्मचारीले अब युनिफर्म लगाउनुपर्ने र कार्यालय प्रमुखले त्यसबारे मनिटर गर्नुपर्ने परिपत्र गरिएको छ ।