![](https://gauriganjdarpan.com/storage/2020/04/FB_IMG_15873764929221940.jpg)
![](https://gauriganjdarpan.com/storage/2020/04/Headline-Ad-1024x227.gif)
![](https://gauriganjdarpan.com/storage/2020/04/FB_IMG_15873764929221940.jpg)
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बसपार्कमा रहेको घरमा केहिबेर अघि भीषण आगलागी भएको छ । आगलागीमा परेर १ जनाको ज्यान गएको छ । चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी हुँदा उनका १६ वर्षीय छोरा समीर खनालको ज्यान गएको हो ।
खनाल र उनकी श्रीमती रुपा आगलागीमा परेर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा रिफर गरिएको गाउँपालिका अध्यक्ष खत्रीले जानकारी दिए । लकडाउनका कारण तीनै जना घरमा थिए । आगलागी सुरु हुनासाथ आमाबुवा बाहिर निस्कन सफल भएपछि समीर बाहिर नसक्दा उनको ज्यान गएको हो । आगलागी सुरु हुनासाथ बुवाआमा बाहिर निस्के तर छोरा सकेनन्, उनको ज्यान गयो’ खत्रीले भने ।
खनाल परिवार शान्तिपुर बजारको घरमा पसल गर्थे । उनी बाग्लुङको बरेङ्ग गाउँपालिका ३ का वडध्य्क्ष समेत रहेको खत्रीले जानकारी दिए । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागी विद्युत सर्ट भएर लागेको जनाइएको छ । आगलागीबाट भएको क्षति विवरण भने आइसकेको छैन ।
रातोपाटी डटकम