पुस २६, काठमाण्डौ। गीतकार सँघ नेपालको महासचिब पदका लागि झापा गौरीगञ्जका गीतकार रमेश कोइराला निर्वाचित भएका छन् ।
गौरीगञ्ज वडा नँ १ कोरोबारीका गीतकार कोइरालाले २०४८ सालमा ‘घात’ गीति एलबम्बाट गीत लेखनमा सकृय रहदै आएका छन् । पछिल्लो समय तिम्रो सिउदो कसले भर्यो, कमल किस्नी खोला लगायतका उनका गीतहरु चर्चा मा रहेका थिए ।
शनिबार काठमाण्डौ स्थित बानेश्वर ब्याङ्केट मा आयोजित सँघको साधारण सभा बाट गीतकार शुभ मुकारुङ को नेतृत्वमा नयाँ समिती चयन भएको हो ।
गीतकार सँघ नेपालको उपाध्यक्षमा वसन्त वित्यासी थापा , सचिबमा महेश आचार्य र कोषाध्यक्षमा जीत बहादुर घले चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा उमेश राई , चेतन खतिवडा, प्रतिमा श्रेष्ठ, लोकराज अधिकारी , शीतल कादम्बिनी र सुमी सिंह चयन भएकाछन् ।
समितीका जम्मा ११ पद मध्ये उपाध्यक्ष र सचिब पदका लागि चुनावि प्रतिस्पर्धा भएको थियो भने अन्य पदका लागि सर्व सम्मति बाट चयन गरिएको थियो । निर्वाचनका लागि बिसन राइ लाइ निर्वाचन अधिकृत तोकिएको थियो भने प्रेम बहादुर लम्साल सहायक अधिकृत तोकिएका थिए ।