
चैत १२ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका मा गाउँपालिका स्तरीय अन्त बिद्यालय खेलकुद प्रतियोगिता शुरु भएको छ । बिहिबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले ब्यानर पढेर प्रतियोगिता को उद्घाटन गरेकाछन् ।
शिक्षा शाखा प्रमुख शुसिल दाहालको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा वडा नँ ३ का वडाध्यक्ष मखना महतो लगायत बिभिन्न बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा गाउँपालिका भित्र सञ्चालन मा रहेका सामुदायिक तथा निजि बिद्यालयका बिद्यार्थी खेलाडी हरुको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष तथा महिला फुटबल, क्रिकेट, लङ्गजम्प, हाईजम्प, दौड, लगायतका खेलहरु सञ्चालन गरिएको कुरा शिक्षा शाखाका केशब भट्टराईले जानकारी दिए । खेलकुदको माध्यमबाट बिद्यार्थी बर्गमा अनुशासनको पाठ सिकाउन सकिने तथा खेलकुदको माध्यमबाट किशोर किशोरी हरुलाई कुलतहरुबाट समेत बचाउन सकिने कुरा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले बताएका छन् ।