फागुन ८ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकालाइ हातीपाइले रोग मुक्त पालिका बनाउन गाउँपालिकाले कडा कदम चालेको छ । आउदो चैत्र महिना देखि गौरीगञ्ज गाउँपालिका र मातहतका वडा कार्यालयहरु बाट सेवा लिन हातीपाइले रोग बिरुद्धको औषधी सेवन गरेको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्ने निर्णय भएको कुरा गाउँपालिका अध्यक्ष फुलबती राजवँशी र उपाध्यक्ष पुजन न्यौपाने कुँवरले बताएका छन् ।

हातीपाइले रोग बिरुद्धको अभियान अन्तर्गत यहि फागुन ११ गते देखि फागुन २५ गते सम्म गौरीगञ्ज गाउँपालिकाका सम्पुर्ण वडा तथा गाउँ टोलहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले हातीपाइले रोग बिरुद्धको औषधी खुवाइने कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । तालिम प्राप्त स्वास्थ्यकर्मीले परिवारका सबै सदस्यहरुलाइ हातीपाइले रोग बिरुद्धको औषधी खुवाएपछी तपाइको परिवारलाइ हातीपाइले रोग बिरुद्धको औषधी खाएको प्रमाणपत्र दिनेछन् । चैत महिना देखि गाउँपालिका वा मातहतका वडा कार्यालयहरुबाट प्रदान गरिने कुनै पनि सेवा सुबिधा लिन सो प्रमाणपत्र अनिवार्य रुपमा देखाउनुपर्ने गाउँ कार्यपालिकाको बैठकले निर्णय गरेको छ अध्यक्ष राजवँशीले बताए ।

२ बर्ष मुनीका बालबालिका गर्भवती महिला सात दिन भित्रका सुत्केरी ‌र ओछ्यान लागेका सिकिस्त बिरामी बाहेक सबैले हातीपाइले रोग बाट बच्न यो औषधी अनिवार्य खानुपर्ने कुरा स्वास्थ्य शाखा प्रमुख मिश्रले जनाएका छन् ।