गलत निर्णयले गौरीगञ्जमा सँक्रमणको जोखिम बढ्दै

पढ्न समय: 2 मिनेट


२४ साउन, गौरीगञ्ज । गौरीगञ्ज मा लाग्ने साप्ताहिक हाट बजार साविककै बारमा लगाउने निर्णय पछी गौरीगञ्जमा कोरोना सँक्रमणको उच्च जोखिम बढेको छ । लकडाउन यता हप्ताको तिन दिन बिहान लाग्दै आएको हाट बजार पुन: साबिक झै शनिबार र बुधबार लगाउने निर्णय पछी हाट मा भिडभाड बढ्न थालेको हो । भिड सँगै मास्क नलगाइ बजार भर्न आएका हरुबाट सँक्रमणको जोखिम बढेको हो । आज शनिबार वडा नँ ६ खजुरगाछी मा लागेको हाटमा निकै भिड बढेपछी सुरक्षाकर्मीले हाट उठाउन खोज्दा हाट भर्न आउनेहरुको भागदौड समेत मच्चिएको थियो भने सुरक्षाकर्मी र हाट भर्न आउनेहरु बिच सामान्य बिबाद समेत भएको थियो ।


गत साउन २० गते गाउँपालिका को रोहबरमा उद्योग वाणिज्य सँघ गौरीगञ्जको बैठकले तिन दिन आइतबार मँगलबार र शुक्रबार लाग्दै आएको हाट साबिक झै बुधबार र शनिबार मात्र लगाउने निर्णय गरेको थियो । निर्णय पछी सोहि दिन माइकिङ गरेर शनिबार र बुधबार मात्र हाट लाग्ने सुचना समेत जारी गरेको थियो ।
‘एका तिर माईकिङ् गरेर शनिबार र बुधबार हाट लगाउन भन्ने र अर्को तिर भिड भयो भनेर प्रहरीले हटिया उठाउन खोजेर दुख दिएको गुनासो हाट भर्न आउने हरुले गरेका छन् ।
भिडले जोखिम निम्त्याए पछी यसबारे आइतबार बैठक बसेर ठोस निर्णय लिने कुरा उद्योग वाणिज्य सँघ गौरीगञ्जका अध्यक्ष मखना महतोले बताएकाछन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्